विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच बुधबार (९ माघ २०८० मा) पीपीएमा हस्ताक्षर भएको हो । पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । 
आयोजनाको बाँध संरचना (हेडवर्क्स) संखुवासभाको सिलिचिङ गाउँपालिकमा पर्छ भने विद्युत् गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा पर्छ । यो आयोजनाको अध्ययन विद्युत् विकास विभागले गरेको हो । सरकारी बास्केटमा रहेको यो आयोजना करिब ४ वर्षअघि विभागले गरेको खर्च तिरेर कम्पनीले विकास गर्ने गरी प्रतिस्पर्धाबाट प्राप्त गरेको हो । 

आयोजनाको विद्युत् गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत् उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ । 

आयोजनाको विद्युत्को ग्रिड कनेक्सन एग्रिमेन्ट २०७७ सालमै पूरा भइसकेको छ । आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ । निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । आयोजनामा करिब ६ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit