विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उपदयपुर कटारीका स्थानीयको अवरोधले १३२ केभी सोलु कोरिडोर प्रासारण लाइनको निर्माण ठप्प हुन पुगेको छ । कटारी नपरपालिका–४, मरुवाका स्थानीयले रुट फेर्ने अडान राखी अवरोध गरेपछि प्रसारण लाइन निर्माण रोकिएको हो ।

मरुवाबासीले रुट सार्नु पर्ने भन्दै अवरोध गरेकाले ६ महिनादेखि प्रसारण लाइनको काम ठप्प हुन पुगेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘प्रसारण लाइनको अन्य ठाउँको सबै काम पूरा भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यहीं मरुवाको अवरोधले १० वटा टावरको काम मात्रै हुन सकेको छैन ’

अहिलेसम्ममा सञ्चालनमा आइसक्नु पर्ने भए पनि १० वटा टावरको काम रोकिँदा यो प्रसारण लाइन अनिश्चित बनेको छ । प्रसारण लाइनको रुट घना  बस्ती रहेकाे शहरीकरण हुने ठाउँबाट लान खोजिएको भन्दै मरुवाबासीले बिरोध गर्दै आएका छन् । प्रसारण लाइनको निर्माण अनिश्चित हुँदा यसको प्रत्यक्ष प्रभाव सोलु कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनामा परिरहेको छ ।

मरुवाबासीले अहिलेसम्म १० वटा टावरको जग खन्न दिएका छैनन् । यो क्षेत्रमा डेढ वर्ष अघिदेखि नै प्रसारण लाइनको काममा अवरोध हुँदै आएको पनि गौतमले बताए । ‘पहिले ऐलानी जग्गाको मुआब्जा र क्षतिपूर्ति माग गर्दै अवरोध भयो । मुआब्जा र क्षतिपूर्ति दिने माग पूरा भएपछि फेरि रुट बदलीको माग राखेर अवरोध भएको छ’ उनले भने ।

प्राविधिकरूपमा रुट सार्न सम्भव नभए पनि स्थानीयले अवरोध गरिरहेको उनले बताए । प्रसारण लाइनको रुट सार्नुपर्ने माग लिएर स्थानीय जनप्रतिनिधिसहितको टोली राजधानी समेत आएको थियो । टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एवं तत्कालिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई समेत भेटेर रुट सार्नुपर्ने माग राखेको थियो ।

प्राधिकरणले प्राविधिकरूपमा रुट सार्न सम्भवन नभएको जवाफ दिए पनि स्थानीयले अवरोध गरिरहेका छन् ।  अहिलेसम्म प्रसारण लाइनको ३ सय २ मध्ये २ सय ९२ वटा टावरको निर्माण पूरा भई टावर खडा गरिएको छ ।

७५ किलोमिटर तार पनि टाँगेर सकिएको छ । तत्कालै समस्याको समाधान हुने हो भने बाँकी काम ३ महिनाभित्र सम्पन्न गर्न सम्भव रहेको गौतमले बताए । स्थानीय अवरोधले प्रसारण लाइनको निर्माण रोकिँदा  यसको असर सोलु बेसिनका जलविद्युत आयोजनामा परिरहेको छ ।

पछिल्लो तालिकाअनुसार आगामी असार दोस्रो साताभित्र प्रसारण लाइन सम्पन्न गरिसक्नु पर्ने तालिका छ । स्थानीय अवरोध र कोरोना (कोभिड–१९) महामारीको असरका कारण काम नहुँदा छैटौं पटक थपिएको म्याद पनि गुज्रिने अवस्था आएको गौतमले बताए ।

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । विगत १४ महिनादेखि सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

प्रसारण लाइनको अवरोधले निर्माण अन्तिम चरणमा पुगेका ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलुको उत्पादन पनि खेर जाने अवस्था आउने देखिएको छ । यी आयोजना विद्युत उत्पादनकाे चरणमा पुग्न लागेकाले प्रसारण लाइन सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई दिएका जलविद्युत आयोजना हुन् ।सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit