विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आउँदो जेठ ३२ गते तोकिएको नयाँ पदाधिकारी चयनको निर्वाचनमा दुई प्यानल छुट्टिएका छन् । अध्यक्षका दुई दाबेदार किरण मल्ल र गणेश कार्कीले आ–आफ्नो तर्फबाट अघोषितरूपमा प्यानल बनाएका छन् ।

मल्ल र कार्कीले आ–आफ्नोतर्फ राखेर दाबी गरेका पदाधिकारी तथा कार्यसमितिको नामावलीमा भने दोहोरोपन देखिएको छ । मल्लको तर्फबाट नयाँ कार्यसमितिमा जान इच्छुक तथा प्यानलमा राखिएका व्यक्तिको नामावलीमा वरिष्ठ उपाध्यक्षमा गोरे शेर्पा छन् भने कार्कीतर्फ सोही पदमा मोहनकुमार डाँगी ।

यसैगरी, कार्कीतर्फ उपाध्यक्षका लागि घोषणा भएका नामावलीमा आशिष गर्ग, हिमप्रसाद पाठक, उत्तम भ्लोन लामा, विक्रम विष्ट, आनन्द चौधरी, भरतबहादुर खत्री र रामप्रसाद आचार्य छन् । गर्गले सुरुदेखि अध्यक्षमा आफ्नो दाबेदारी रहने बताउँदै आए पनि प्यानलले भने उपाध्यक्षमा राखेको छ तर उनी आफैंले आफू उपाध्यक्षको उमेद्वार भनेर घोषणा गरेका छैनन् ।

उता, मल्लका तर्फबाट उपाध्यक्षको प्यानलमा राखिएका व्यक्तिहरूमा हिमप्रसाद पाठक, भरत नेपाल, आशिष गर्ग, उत्तम भ्लोन लामा, भरतबहादुर खत्री, रामप्रसाद आचार्य छन् । यो प्यानलका सबै नामावली कार्कीको समूहमा पनि परेका छ । यसले, को व्यक्ति कसको समूहमा हो वा कसले कसको समूहमा बस्न रुचि देखाएको हो भन्ने छुट्टिँदैन । साथै, यस्ता गतिविधिले इपान निर्वाचनको स्वच्छतामाथि त प्रश्न उठेकै छ भने अन्योलसमेत बढाएको छ ।
महासचिवको उमेद्वारका रूपमा भने बलराम खतिवडालाई दुवै पक्षले समेटेका छन् । यद्यपि, उनले सुरुदेखि नै आफू कार्की समूहमा रहेको बताउँदै आएका छन् । महासचिव जस्तै उपमहासचिवको दाबेदारका रूपमा देखिएका प्रकाशचन्द्र दुलालको नाम पनि दुवैतर्फ छ ।

इपानले सचिवको संख्या ५ तोकेको छ तर मल्लतर्फ भरतबहादुर खड्का, विक्रम विष्ट, कविता कँडेललाई सचिवमा समेटिएका छन् । यता, कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्त पनि दुवै समूहको प्यानलमा राखिएका छन् । यस्तै, यही समूहका सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, टिएन आचार्य, कदम केसी, दीपक पौडेल, विनोद देवकोटा, होमकान्त चौलागाईं, विकास श्रेष्ठ, कुवेरमणि नेपाल, श्याम श्रेष्ठ, सिताराम तिमिल्सना, मोहनविक्रम कार्की, तारा सुब्बा, शंकर बस्याल, अर्जुनबन्धु रेग्मी, पदम गुरुङ रहेका छन् । मल्ल समूहले सुसन कर्माचार्य, सुमन जोशी, इशा श्रेष्ठ र इन्दिरा पन्तलाई मनोनित सदस्यको रूपमा घोषणा गरेको छ ।

मल्लतर्फ प्यानलमा समेटिएका पाठकले आफू कुनै पनि समूहमा नरहेको बताएका छन् भने सचिवमा परेका विष्ट आफू कार्कीतर्फ रहेर उपाध्यक्षको उमेद्वारी घोषण गरेका बताएका छन् । कार्कीतर्फ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित सीमित उमेद्वारको टुंगो लागे पनि विस्तृतमा सबैको नामावलीको विषयमा निर्णय नभएको जनाइएको छ ।

मल्ल समूहले आजै (जेठ २८ गते) ५ बजे आफ्नो समूहको प्यानल घोषणा गर्ने बताएको छ भने कार्की समूहले यस विषयमा आधिकारिक कुरा बोलेको छैन । पदाधिकारी वा कार्यसमितमा जाने टकरावका कारण पछिल्लो समय इपान झन्झन् विवादित बन्दै गएको छ । पदमा रहेका व्यक्तिले आफूखसी विधान चलाउने वा संशोधन गर्ने गर्दा समस्या उत्पन्न भएको देखिन्छ भने बाहिर रहेको समूहले पनि चुनावी वर्षमात्र यस्ता विवादका कुरा बाहिर ल्याउने गरेको छ ।

निजी क्षेत्र एकत्रित र संगठित भएर अगाडि नबढ्दा यसको व्यावसायिक विकास हुन नसकिरहेको प्रस्ट हुन्छ । उता, यही वातावरण नियालिरहेको सरकार निजी क्षेत्रतर्फ उदार बन्न सकिरहेको छैन । सरकारले नीति, कार्यक्रम निजी क्षेत्रमैत्री ल्याउने गरे पनि व्यवहारमा त्यो रूपान्तरण भएको पाइँदैन ।
हिजो खिम्ती, भोटेकोसी र इन्द्रावती जलविद्युत आयोजनाका कारण इपान स्थापना भएको र आज ३–४ सदस्य भइसकेको अवस्थामा त्यसको मर्म अनुसार काम गर्न जरुरी रहेको जलविद्युत अभियन्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘अर्बौं खर्बौं लगानीको क्षेत्र भइसकेको अवस्थामा विवादमा अल्मलिएर अल्झिनु सकारात्मक पक्ष होइन,’ उनले भने, ‘सबै मिलेर संस्थागतरूपमा अगाडि बढ्नुपर्ने खाँचो छ ।’ इपान निर्वाचनका सन्दर्भमा आफूले तटस्थ भूमिका खेलिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit