images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हरेक वर्ष माग र आपूर्तिबीच सन्तुलन मिलाउन ठूलो परिमाणमा भारतबाट विद्युत आयात गर्ने देशको बाध्यतामा कमी आएका छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव २०७८/७९) मा आयातित विद्युत उल्लेख्यमात्रामा घटेको हुँदा अबका दिनमा निर्यातको सम्भावना बढ्दै गएको देखिन्छ ।

अघिल्लो आवमा २१ अर्ब ८२ करोड रुपैयाँ बराबरको विद्युत भारतबाट आयात गरेको प्राधिकरणले गत आवमा ११ अर्ब ५८ करोड रुपैयाँको मात्र आयात गरेको छ; जुन अघिल्लो आवको तुलनामा १० अर्ब २४ करोड रुपैयाँ कमी हो ।

आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट (२८०६ गिगावाट घन्टा) विद्युत आयात गरिएकोमा आव २०७८/७९ मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिट (१५४३ गिगावाट घन्टा) मा झरेको छ ।

आव २०७७/७८ मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो भने आव २०७८/७९ मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । यसैगरी, अहिले प्राधिकरणले दैनिक ३६४ मेगावाटदेखि बढीमा ४०० मेगावाटसम्म भारत निर्यात गरिरहेको छ । अघिल्लो आवमा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा गत आवमा बढेर ४९ करोड ३० लाख युनिट पुगेको छ ।

विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ ।  रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जा मध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आवमा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा पनि आयात कम भई माग र आपूर्तिबीच सन्तुलन मिलेको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले चालू आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit