images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रले देशको विभिन्न स्थानमा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेको ९ जलविद्युत् कम्पनीले करिब २ कराेड कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र (बोर्ड)मा आवेदन दिएका छन् । यी कम्पनीले प्रभावित स्थानीय, सर्वसाधारण र वैदेशिक रोजगारीमा गएका नागरीकहरूका लागि सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका हुन् ।

बैशाखदेखि असोज १४ गतेसम्मको अवधिमा ९ जलविद्युत कम्पनीले १ करोड ९७ लाख ३० हजार ९ सय ८० कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको बोर्डकाे तथ्यांकमा उल्लेख छ । बाेर्डकाअनुसार आवेदन दिएका कम्पनीहरूमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, भुजुङ हाइड्रो पावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड, रिचेत जलविद्युत कम्पनी लिमिटेड र बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेड, माबिलुङ इनर्जी लिमिटेड, याम्बालिङ हाइड्राे पावर लिमिटेड र सानिमा हाइड्राे लिमिटेड रहेका छन् ।

सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनीहरूमध्ये सबै भन्दा बढी दरमखोलाकाे रहेको छ । यो कम्पनीले ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि भदौ ५ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले बाग्लुङ जिल्लाको दरम खोलामा ९.६ मेगावाटको दरम खोला हाइड्रो इलेक्ट्रीक आयोजना निर्माण गरिरहेको छ । अहिले आयोजनाको ८८ प्रतिशत काम सकिएको छ । यस आयोजनाबाट मंसिरभित्र विद्युत उत्पादन गर्ने तयारीका साथ काम अघि बढिरहेको पनि कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणका हरिचौर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी छ । 

यसैगरी, सान्भी इनर्जीले ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि भदौ २७ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबीआई मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले इलाममा ५.२ मेगावाटको जोगमाई क्यासकेड निर्माण गरिरहेको छ भने ७.६ मेगावाटको जोगमाई खोला स्मल जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

बेनी हाइड्रोले २० लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमतिको माग गर्दै असोज ५ गते आवेदन दिएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईएबी एसी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको सोलुखुम्बुमा १८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजना निर्माणाधीन छ । 

यस्तै, रिचेत हाइड्रोले ११ लाख ७६ हजार ४ सय ५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि भदौ २९ गते आवेदन दिएको थियो । कम्पनीले बिक्री प्रबन्धकमा एनआईएबी एसी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस्तै, याम्बालिङले असाेज १० गते निष्कासन अनुमतिका लागि आवेदन दिएकाे छ । कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । साथै, माबिलुङले १८ लाख ९० हजार ५ सय ३० लाख कित्ता सेयर  निष्कासन गर्न असाेज १४ गते आवेदन दिएकाे छ ।

यसैगरी, सानिमाले १४ लाख ७० हजार कित्ता, भुजुङ हाइड्रोले १४ लाख ५५ हजार कित्ता र हिम स्टारले ११ लाख १९ हजार कित्ता सेयर निष्कासनका अनुमतिको माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit