विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारत र भुटानको संयुक्त (जाेइन्ट भेन्चर-जेभी) लगानीमा ६ सय मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । दुवै देशका सरकार मिलेर त्रशियांट्से जिल्लामा पहिचान भएको खोलोङ्छु जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन्।

भारतले आरइसी लिमिटेड र पावर फाइनान्स कर्पोरेशन (पिएफसी) नामक वित्तीय संस्थामार्फत आयोजनामा लगानी गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आरइसी र पिएफसी भारत सरकारको ऊर्जा मन्त्रालय मातहतको प्रशासनिक नियन्त्रणमा रहेका वित्तीय संस्था हुन् । ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले यी संस्थाको स्थापना भएको हो ।

आयोजना खोलोङछु हाइड्रो इनर्जी कम्पनी लिमिटेडमार्फत अघि बढ्दैछ । यो कम्पनी सतलज विद्युत निगम (भारत) र ड्र्क ग्रीन (भुटान) को जेभी हो । 

आयोजना अघि बढाउन खोलोङछु हाइड्रो, आरइसी र पिएफसीबीच समझदारी भएको छ । समझदारी अनुसार भारतले आयोजनाको संरचना निर्माणको जिम्मा सतलज विद्युत निगमलाई दिएको छ । खोलोङ्छु हाइड्रोले प्रवर्द्धन गर्ने आयोजनामा भुटानको ड्रुक ग्रीन पावर कर्पोरेश (भुटान) ले सतलजसँग मिलेर संयुक्तरूपमा संरचनाको काम अघि बढाउनेछ ।

आयोजनामा कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । समझदारी अनुसार आरइसी लिमिटेड र पिएफसीले समान २० अर्ब २९ करोड भारु गरी ४० अर्ब ५८ करोड भारु तथा एनपिपिएफ भुटान र बैंक अफ भुटानले २/२ अर्ब भारु लगानी गर्नेछन् ।

दुई देशका सरकारबीच यो आयोजना निर्माण गर्न पहिलो सन् २०१४ मा सम्झौता भएको थियो । यही सम्झौता कार्यान्वयन गरेर आयोजना अघि बढाउन पछिल्लो समझदारी भएको हो । पहिलो पटक भएको सम्झौता कार्यान्वयनमा आएसँगै दुई देशको संयुक्त लगानीमा आयोजना निर्माणको प्रक्रिया अघि बढेको सञ्चार माध्यमले जनाएका छन् ।

ठेक्का सम्झाैता भएकाे ५९ महिनामा आयोजना सम्पन्न गरिसक्ने लक्ष्य छ । भुटानसँग मिलेर भारतले ४ जलविद्युत आयोजनामा लगानी गर्ने तय भएको छ । जसमध्ये लगानी जुटेको खोलोङछु आयोजना पहिलो हो ।

भारतले यसअघि पनि भुटानमा एकल लगानीमा थुप्रै जलविद्युत आयोजना निर्माण गरेको छ । आफुले  लगानी गरेका जलविद्युत आयोजनाको विद्युत भारत आफैंले खपत गर्छ । 

समाचार एजेन्सीहरुको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit