विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) हुने एक्स्पोको तयारी करिब सकिएको छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।

सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीनरूपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण हुने इपानले जनाइएको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको इपानले उल्लेख गरेको छ । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने पनि इपानको धारणा छ ।

इपानका अनुसार एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृनिकाय, कूटनीतिक नियोगहरू, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस हुनेछ । साथै, नयाँ–नयाँ प्रविधि र उपकरणहरूको प्रदर्शनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागिता निश्चित भएको जनाइको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायत विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने तय भएको छ ।

जलविद्युत्‌काे विकास र विस्तारमा सहयोग पुग्ने गरी यससम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरिएका वस्तु तथा सेवाको प्रतिस्पर्धा र युवा पुस्तालाई जलविद्युत्मा अभिरुचि बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्ने छन् । यी दुवै विधाका प्रतिष्पर्धाका बिजेताहरूलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

त्यस्तैगरी, विद्युत्‌काे आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारी प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक्स्पोकै दिन बिहान इभी र्‍याली समेत आयोजना गरिएको छ । स्काइ वाक टावर कमलादीबाट सुरु हुने उक्त र्‍याली विद्युत् प्राधिकरण, सिंहदरबार, शीतल निवास, बालुवाटार लगायत मुख्य–मुख्य स्थान हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजनास्थल भृकुटीमण्डपमा समापन हुनेछ ।

र्‍यालीमा विद्युत्बाट चल्ने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रे इभीहरूलाई निःशुल्क सहभागी गराइने छ । यसका अलवा काठमाडौँ विश्वविद्यालयले तयार गरेको ग्रिन हाइड्रोजन कार र इभी ट्रयाक्टर पनि एक्स्पोको आकर्षण बन्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit