विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल विवाद

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बाेर्ड) को बैठकले उद्योगमा काटिएका लाइन २४ घण्टाभित्र जोड्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकको निर्देशन अनुसार नै मंगलबार दिउँसो बसेको बोर्ड बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो । 

बोर्डका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले १५ दिनभित्र करिब ६ अर्ब रुपैयाँ बक्यौता कानुन अनुसार उठाउने निर्णय समेत गरेको उनको सचिवालयका एक सदस्यले बताए । 

तत्काल बक्यौता तिर्न नसक्ने उद्योगका लागि प्राधिकरणको बक्यौता महसुल असुल गर्ने सम्बन्धी विनियमावलीमा भएको भएको व्यवस्था अनुसार बढीमा ३६ किस्तासम्मको सुविधा दिएर असुल गर्न सकिने कानुनी व्यवस्था छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले पनि करिब ६ अर्ब रूपैयाँ बक्यौता महसुल १५ टीओडी मिटरको विवरणका आधारमा दिनभित्र असुल गर्न निर्देशन दिएको थियो । 

प्राधिकरणले कात्तिक ८ गते डेडिकेटेड फिडर र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौता नतिर्ने ३४ वटा उद्योगको लाइन लाइन काटेको थियो । त्यसपछि ७ वटा उद्योगले किस्तावन्दीको सुविधा लिएर विद्युत् सेवा सुचारु गराएका थिए । 

मन्त्रालयले सोमबार नै विवाद समाधानका लागि गिरिशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको थियो । लाल आयोगको प्रतिवेदनले पनि तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले प्रिमियम दरको महसुल तोकिदिएपछि र लोडसेडिङ अन्त्यको घोषणा हुनुअघिसम्मको अवधिमा दैनिक न्युनतम ६ घण्टा लोडसेडिङ हुँदा कम्तिमा २० घण्टा विद्युत् उपभोग गरेको टिओडी मिटरको डाटाको आधारमा महसुल उठाउन सक्ने सुझाव दिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३