विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युरोपियन युनियनले अबको ९ वर्षमा ३ करोड सवारी साधन विद्युतीय बनाउने भएको छ । बढ्दो प्रदुषण कम गरी कार्वज उत्सर्जन घटाउने उद्देश्यले विद्युतीय सवारीको संख्या बढाउन लागिएको हो ।

सन् २०३० भित्र युनियनमा आवद्ध युरोपियन देशमा पेटोलियम पदार्थबाट चल्ने सवारी साधनको संख्या घटाउँदै लगेर विद्युतीय सवारीको संख्या बढाउने युनियनको योजना रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । विद्युतीय सवारी प्रवर्द्धन गरेर पेट्रोलियम पदार्थको खपतबाट उत्पान्न हुने कार्वन उत्सर्जनलाई एक चौथाईमा सिमित राख्ने युनियनको योजना छ ।

सन् २०५० सम्ममा जलवायु परिवर्तनलाई तटस्थ राख्न सवारी साधनबाट निष्कने प्रदुषण नियन्त्रण बिना सम्भव नरहेको युनियनको एक रिपोर्टमा उल्लेख छ । सन् २०५० को लक्ष्य भेट्टाउन सन् २०३० भित्र ३ करोड सवारी साधनलाई विद्युत बनाउने पर्ने आवश्यकता युनियनको रिपोर्टमा औल्याइएको छ ।

विद्युती सवारीकोे संख्या बढाउन ३० लाख सार्वजनिक चार्जिङ स्टेसन पनि निर्माण गरिने छ । अन्तर्राष्ट्रिय ‘काउन्शिल अन क्लिन ट्रान्सफोर्ट’ का अनुसार गत वर्षको सन् २०१९ को अन्त्यसम्ममा युरोपमा १८ लाख विद्युतीय तथा प्लग इन हाइब्रिड सवारी साधन दर्ता भएका छन् ।

विद्युतीय सवारीको कार्वन उत्सर्जन सुन्य हुने भए पनि हाइब्रिड सवारीले सुन्य कार्वन उत्सर्जन गर्दैन । युनियनमा आवद्ध फ्रान्स र स्लोभानियालगायत देशमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री गर्ने अन्तिम मिति तय भएपछि विद्युतीय सवारीको खरिद बिक्रीमा तेजी आएको छ ।

युनियनमा आवद्ध देशमा अहिले २ लाख सार्वजनिक चार्जिङ स्टेसन छन् । आवश्यक पूर्वाधार तयार भइनसकेकाले भविश्यमा विद्युतीय सवारीको खरिद बिक्रीमा असर पुग्न सक्ने गाडी उत्पादन गर्ने उद्योगले भने आशंका गरेका छन् ।

राेयटर्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit