विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको लगानीमा निर्माणाधीन ११० मेगावाटका ५ जलविद्युत् आयोजना विभिन्न चरणमा पुगेका छन् । सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीको पूर्ण तथा सेयर लगानीमा यी आयोजना अघि बढेका हुन् ।

निर्माणाधीन ४.५ मेगावाटको तल्लो इन्द्रावतीमा कम्पनीको शत प्रतिशत लगानी छ । त्यस्तै, १४.१५ मेगावाटको तल्लो इर्खुवा, ३६ मेगावाटको लिखु, ४० मेगावाटको माथिल्लो संखुवा र १५.६२५ मेगावाटको मध्य त्रिशुली गंगा जलविद्युत् आयोजनामा कम्पनीको सेयर लगानी छ । साथै, पुँजी संकलन गरी नयाँ आयोजनाहरूमा लगानी गर्न विभिन्न विकल्पहरूको अध्ययन गरिरहेको पनि कम्पनीले जनाएको छ ।

तल्लो इन्द्रावती

कम्पनीले अघि बढाएको तल्लो इन्द्रावती करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा अनुमतिपत्र पुरानै कम्पनीलाई दिनेगरी विद्युत् विकास विभागले आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआइ) जारी गरेको थियो ।

आशयपत्रमा कुनै कम्पनीको दाबी विरोध नपरेकोले नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । विभागले आवेदन दिएपछिको प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण गर्न बाटो खोलिदिएको हो ।
सिन्धुपाल्चोकमा अघि बढाइएको यो आयोजनाको प्राविधिक, आर्थिक तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भई निर्माण अनुमतिपत्र समेत प्राप्त भइसकेको छ ।

यो आयोजनाको भत्किएको सुरुङ तथा अन्य संरचनाहरूको पुनः निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको सिभिल संरचना निर्माणको काम अनिल मल्ली कम्पनी र इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का भारतीय कम्पनी बिएफएल हाइड्रोले पाएको छ ।

लोअर इर्खुवा

यो आयोजना लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । कम्पनीमा नेशनल हाइड्रोको ४५ प्रतिशत सेयर लगानी छ । अहिले यो आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम पूरा भइसकेको छ भने सिभिल संरचनाको काम द्रुत गतिमा अघि बढेको छ । आयोजनाको उपकरणहरू तथा हाइड्रो मेकानिकल उपकरणको ठेक्का सम्झौता सम्पन्न भई इलेक्ट्रो मेकानिकल उपकरणहरू आयोजनास्थल पुर्याउने काम भइरहेको छ ।

२ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबीआई र ज्योती विकास बैंकले ऋण लगानी गरेका छन् । आयोजनाले यही वर्ष विद्युत् उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।

लिखु जलविद्युत् आयोजना

यो आयोजना उज्यालो इनर्जी सोल्युसन प्रालिले निर्माण गरिरहेको छ । यस कम्पनीमा नेशनल हाइड्रोको ७५ प्रतिशत सेयर लगानी छ । यी दुई कम्पनीबीच २०२२ अक्टोबर २१ मा सेयर लगानी सम्झौता भएको थियो ।

माथिल्लो संखुवा

माथिल्लो संखुवा ह्याप्पि इनर्जी प्रालिले निर्माण गरिरहेको छ । कम्पनीमा नेशनल हाइड्रोको ६० प्रतिशत सेयर लगानी छ । आयोजनाको कुल लागत ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) पनि गरीसकेको छ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माण हुने आयोजनाबाट २०८५ जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

मध्य त्रिशुली गंगा

यो आयोजना पर्फेट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ । कम्पनीमा नेशनल हाइड्रोको २० प्रतिशत सेयर लगानी छ । आयोजनाको निर्माण तिव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit