विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
भरतपुर केन्द्रअन्तर्गतका दुर्गम भेगमा पूर्ण विद्युतीकरण अभियान

काठमाडौं । गुणस्तरीय विद्युत आपूर्तिलाई तीव्रताका साथ अगाडि बढाएको नेपाल विद्युत प्राधिकरण चितवनस्थित भरतपुर वितरण केन्द्रले आगामी आर्थिक वर्षभित्र आफ्नो क्षेत्रलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने अभियानका साथ काम गरिरहेको छ । केन्द्रीय प्रणालीको विद्युत पुर्याउन उच्च पहाडी क्षेत्रका केही स्थानमात्र बाँकी रहेको हुँदा यो काम अर्को आवभित्र पूरा गर्ने योजना छ ।

जिल्लाका अधिकांश क्षेत्रमा विद्युत पुगिसकेको हुँदा आफ्नो वितरण केन्द्र अन्तर्गतका बाँकी ठाउँमा उज्यालो पुर्याउने अभियानमा आफू लागेको केन्द्र प्रमुख राजीव सिंहले बताए । यस केन्द्रअन्तर्गतको विकट ठाउँ इच्छाकामना गाउँपालिका (जहाँ चेपाङ र तामाङ जातिहरूको बाहुल्यता छ) का धेरै जसो ठाउँमा विद्युत पुग्न सकेको छैन ।

केन्द्रीय ग्रिडको विद्युत पुर्याउन, त्यसको अनुगमन, ठेकेदारको सुपरिवेक्षण लगायतका कामका लागि केन्द्र प्रमुख सिंह हरेक दिन जसो निर्माण क्षेत्र (फिल्ड) मा खटिने गरेका छन् । करिब १४०० मिटर उचाईमा रहेको काउले गाउँमा विद्युतीकरणका लागि ठेक्का भइसकेकोले विस्तारै अरू ठाउँमा पनि खरिद प्रक्रिया अगाडि बढाइएको सिंहले जानकारी दिए ।

धादिङको रिडी खोलाबाट करिब ३–४ घन्टाको पैदल ठाडो उकालो हिँडेपछि गाउँपालिकाका सिमलडाँडा, काउले, हात्तीडाँडा लगायत दुर्गम गाउँ पुगिन्छ । भौगोलिक हिसाबले निकै दुर्गम भएको हुँदा त्यस क्षेत्रका दुई वटा चेपाङ वस्तीमा अहिलेसम्म विद्युत पुर्याउन नसकिएको उनले बताए ।

‘विद्युतीकरणका लागि प्राधिकरणको टोली जाँदा गाउँलेहरू निकै हर्षित देखिएका छन्, विद्युत पुर्याएर लोपोन्मुख चेपाङ जातिको जीवनयापनमा सहयोग गर्न सके केन्द्रको दायित्व पूरा हुन्थ्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘हामी जसरी पनि आउने आर्थिक वर्षभित्र सबै काम सक्ने गरी लागेका छौं । मलाई चेपाङ बुबा–आमाले विद्युत बालेर हाँसेको हेर्ने इच्छा छ र त्यो काम म गर्छु ।’

केन्द्रका अनुसार ‘इच्छाकामना ग्रमीण विद्युतीकरण कार्यक्रम’ अन्तर्गत हात्तीवाङसम्म ७ प्रतिशत, तोलाङ र चिसापानीमा ४ प्रतिशत, फिस्लिङ, चुम्लिङ, कमेरे, माझगाउँ, नागदह, डहकी, कुरिनटार, नासिहटार, ढाप, ढुपा क्षेत्रमा ९३ प्रतिशत, कुरिनटार, धारापानी, खैरेनीटार, लेबटार, चेरेश, नयाँबस्ती क्षेत्रमा ९६ प्रतिशत, मुग्लिन क्षेत्रमा ९५ प्रतिशत विद्युतीकरण भएको छ ।

यसैगरी, रमानसिंहडाँडा, जान्दाला, कोलभञ्ज्याङ, चौकीडाँडामा ६३ प्रतिशतसम्म काम भइरहेको, माझखरक, हेपचेक, हपनी च्यानडाँडा, स्यान्छीखानी, सिमलडाँडा, गिरानबारी, आँपडाँडा, मायाटार, काउले, मगरगाउँ लगायत ठाँउमा विद्युतीकरणको काम भइरहेको छ । यहाँ जनमुखी कन्सट्रक्सन कम्पनीले ८०० थान पोल गाड्नुपर्ने र अहिलेसम्म ६ करोड ६६ लाख रुपैयाँ बराबरको ८२ प्रतिशत कामका लागि ठेक्का स्वीकृत भइसकेको छ ।

उक्त विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर १ मा खैरेसदेखि पिङ छपदी चौकीडाँडाबाट बोङ्गग्याङ्ग–कोलभञ्ज्याङ, कोलभञ्ज्याङ–राजभोग, रमसिंहडाँडा–शेयरलिङछाङ्ग र चनौटे–राङराङसम्म विद्युतीकरण हुन बाँकी छ । यस्तै, २ नम्बर वडामा पनि करिब आधा दर्जन गाउँमा (१४ प्रतिशत) विद्युतीकरण हुन बाँकी रहेको जनाइएको छ ।

वडा नम्बर ३ का चौतारा, गोपे, तोलाङमा ३ प्रतिशत काम बाँकी रहेको, वडा नम्बर ४ मा ४ प्रतिशत, वडा नम्बर ५ मा ४ प्रतिशत, वडा नम्बर ६ मा ५ प्रतिशत विद्युतीकरण हुन बाँकी छ । उता वडा नम्बर ७ को उपदङ्गगढीमा पनि विद्युतीकरण हुन बाँकी छ । जहाँ ८० थान पोल आवश्यक रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit