विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ३, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूबाट उत्पादित बिजुली खरिद–बिक्रीका लागि आधार दर (बेसरेट) तोकेको छ ।

सोलार आयोजनाहरूमा ५ रुपैयाँ ९४ पैसालाई बेसरेट मानेर विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय प्राधिकरणले गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

अब प्राधिकरणले सोलार आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा महँगोमा किन्नेछैन । ‘बेसरेटभन्दा माथि पीपीए हुँदैन । त्योभन्दा कम बोलकबोल गर्नेलाई प्रतिस्पर्धाका आधारमा पीपीए गरिनेछ,’ घिसिङले भने ।

सोलार आयोजनाहरूलाई प्रतिस्पर्धाका आधारमा मात्र पीपीए गर्ने निर्णय गत माघ पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिबाट भएको थियो । माघ ९ मा बसेको सञ्चालक समितिले पीपीएको बेसरेट तोक्न कार्यदलसमेत गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा प्राधिकरणले बेसरेटसम्बन्धी निर्णय गरेको हो । आधार दर पीपीएको अधिकतम दरका रूपमा रहन्छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३