विद्युत अपडेट

  • प्राधिकरण : ९९३२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : १६१८ मे.वा.घन्टा
  • निर्यात : १०१९१ मे.वा.घन्टा
  • ट्रिपिङ : १२०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५६३३३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३७६ मे.वा.
२०८१ असार ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको काम तीव्र रूपमा अगाडि बढेको छ । आयोजनाको तीनवटै प्याकेजअन्तर्गतको काम अघि बढेको हो । पावरहाउस निर्माण, टावर निर्माण तथा टनेल खन्ने र डाइभर्सनको कामले तीव्रता लिएको हो । प्याकेज–१ अन्तर्गत ड्याम निर्माणको काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले बताए । ‘अहिले ड्याम निर्माणको काम भइरहेको छ । मुख्य काम नदी फर्काउनका लागि डाइभर्सन र टनेल खन्ने काम पनि अगाडि बढेको छ,’ उनले भने, ‘त्यस्तै आयोजनाको प्याकेज–२ अन्तर्गत पानी लैजान सुरुङ खन्ने, पावरहाउस बनाउनेलगायतका काम पनि तीव्र रूपमा अघि बढेका छन् ।’

प्याकेज–२ अन्तर्गत पावरहाउस निर्माणको काम ७० प्रतिशत पूरा भएको छ । कोभिडका कारण केही समय आयोजना निर्माणको काममा ढिलाइ भए पनि पछिल्लो समय भने गति लिएको छ । त्यस्तै, प्याकेज–३ अन्तर्गत दुई सय २० केभीको प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताए । उनका अनुसार प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । त्यसमध्ये १९ वटा सम्पन्न भइसकेका छन् । त्यस्तै, ३९ वटा टावरको जग खन्ने कार्य भइरहेको र बाँकीको काम पनि छिट्टै हुनेछ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण कार्य भइरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्यहरूका अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण पनि भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३