विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको दोस्रो युनिटबाट विद्युत उत्पादान सुरु भएको छ । आयोजनाको दोस्रो युनिटको ७६ मेगावाट विद्युत मंगलबार दिउँसोबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत उत्पादन भइरहेको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार अब बाँकी ४ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना छ ।

‘असारभित्रै दोस्रो युनिट सञ्चालन गर्ने योजनाअनुरुप नै आज थप ७६ मेगावाट विद्युत प्रणालीमा जोडेका छौं,’ उनले भने, ‘अबको २ सातामा तेस्रो युनिट पनि जोडिन्छ ।’ उनले अबको २ महिनाभित्र ६ वटै युनिट सञ्चालनमा आउने बताए ।

आयोजनाको विद्युतगृहमा ६ वटा युनिट छन् । हरेक युनिटको क्षमता ७६ मेगावाट छ । गत साता (असार २१ गते, सोमबार) तामाकोसीको पहिलो युनिटबाट उत्पादन सुरु गरिएको थियो । 

आयोजनाले उत्पादन गरेको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती– ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००÷२२० केभी सबस्टेसनमा पुर्याएको छ ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । 

यसो हुँदा विद्युत्को उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit