विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जलसरोकार डट कमका प्रधान सम्पादकसमेत रहेका पत्रकार विकास थापाद्वारा लिखित दोस्रो पुस्तक ‘नेपालको जलविद्युत्‌ : असफलताको राजनीति’को शनिबार लोकार्पण गरिएको छ ।

पूर्वजलस्रोत मन्त्री, प्राज्ञ एवम् जलस्रोतविद् दीपक ज्ञवाली, प्रतिनिधिसभा सांसद ई. श्रीराम न्यौपाने, विद्युत्‌ नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष मोहनकुमार डाँगी, ऊर्जा उद्यमी मोहनविक्रम डाँगी, वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापा समेतले कृति गरे ।

कार्यक्रममा पूर्वजलस्रोत मन्त्री ज्ञवालीले पुस्तकमा समेटिएका विषयगत मुद्दाहरु सदाबहार रहेकाले अहिलेको राजनीतिक पुस्ता तथा नीति–निर्माताले पढ्ने पर्ने दाबी गरे । ‘पुस्तकमा समेटिएका विषयहरु अझै पनि समाधान हुन नसकेका र आगामी कयौं वर्षहरुसम्म पनि जीवन्त मुद्दाका रुपमा रहने विषय हुन्,’ ज्ञवालीले भने ।

यसैगरी, सांसद न्यौपानले पुस्तकले नेपालको जलविद्युत्‌मा क्षेत्रमा देखिएका असफलतालाई उल्लेख गरेको बताए । उनले नेपालको अर्थतन्त्रको एक आधार स्तम्भका रुपमा रहेको जलविद्युत्‌ क्षेत्रलाई वर्तमान सरकारले गति दिन विभिन्न ऐन–कानुनहरु लागू गर्न लागेको जानकारी दिए ।

आयोग अध्यक्ष धितालले जलविद्यु्त् क्षेत्रका गम्भीर समस्यामा गम्भीर सबाल उठाइएर पुस्तकले यो क्षेत्रको विकासका लागि मार्गदर्शन बन्न सक्ने बताए ।
इपान अध्यक्ष डाँगीले निजी क्षेत्रले भोगेका समस्यामा निजी क्षेत्र र मिडिया हातेमालो गर्दै आइरहेकोमा पुस्तकले नेपालमा निजी क्षेत्रले भोगेका समस्याहरु उजागर गरेको बताए ।

वरिष्ठ पत्रकार हरिबहादुर थापाले प्रस्तुत पुस्तकले मुलुककाे जलविद्युत् क्षेत्रमा रहेकाे असंगति उजागर गरेकाे र यी असंगतिलाई आगामी दिनमा कसरी सुधार गर्न सकिन्छ भन्ने दिशाबोध गराएकाे बताए । 

लेखक थापाले आफूले पत्रकारिताका दौरान हासिल गरेको ज्ञान र जानको कुरालाई भोलिका पुस्तासम्म उपयोगी हुने गरी नीति, संरचना र भूराजनीतिले नेपालको जलविद्युत्‌लाई कुन दिशातर्फ लगिरहेको छ, त्यसबारे पुस्तक केन्द्रित रहेको बताए ।
थापाको यसअघि २०६८ सालमा ‘नेपालमा जलविद्युत्‌’ पुस्तक प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३