विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका नजिक भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान (असोज २५ गते) आकस्मिकरूपमा आएको भीषण बाढीले कुल ४१२‍.०६ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको छ । लेदो र गेग्रानसहित आएको विनाशकारी बाढीले नदी किनारका बस्ती तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो नोक्सानी पुर्‍याएको विवरण स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले सार्वजनिक गरेको छ ।

इपानका अनुसार बाढीका कारण टाइम्स इनर्जी प्रालिद्वारा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ । त्यस्तै, दोभानखाेला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुग्नुका साथै बेलिब्रिज बगाएको छ ।

यसैगरी, यारु हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धित ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणहरू बाढीले बगाएको छ । वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माणाधीन १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति पुगेको छ । 

तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण हाल सङ्कलन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३