विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एस.एन.इनर्जी प्रालिले २४ मेगावाटको सुपर सेती जलविद्युत आयोजना ३ वर्षमा सम्पनन गर्ने लक्ष्य राखेको छ । कम्पनीले गण्डकी प्रदेशको कास्की जिल्लामा पहिचान भएको आयोजना २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएकाे  हो । 

जिल्लाको माछापुछ्रे गाउँपालिकामा अवस्थित सेती नदीमा पहिचान भएको उक्त आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत विकास विभामाग आवेदन दिएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत पाउने लगतै आयोजनाको काम अगाढी बढाइनेछ ।

विभागले कम्पनीको नाममा अनुमति जारी गर्न मंगलबार सूचना प्रकाशित गर्दै आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

यो आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यस आयोजनाको डिजाइन वहाव ८.५ घनमिटर प्रति सेकेन्ड र समग्रगत हेड ३४४ मिटर रहनेछ । आयोजनाबाट वार्षिक सरदर १४०.९४५ गिगावट घण्टा विद्युत उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरुमा हेडवर्क स्थल सेती नदीको बाँया किनारमा समुन्द्री सतहबाट करिब २१२४.५ मिटर उचाईमा  र विद्युत गृह सेती नदीको बाँया किनारमा अर्थ सतहीबाट करिब १७७५ मिटर पर्दछन् । विद्युत गृहमा जडित ३ वटा ८ सय किलोवाट क्षमताको भर्टिकल एक्सिस, फ्रान्सिस टवाईनहरुमा पानी खसाली सो टवाईनसँग जोडिएको ३ वटा ३ फेज एसि सेन्क्रोनस जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

उत्पादित ऊर्जालाई १३२ केभी प्रसारण लाइनमार्फत २१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, पहिरो वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपुग्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit