विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोरखा र लमजुङको सीमा भई बगेको चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको कार्यालय स्थानीयले तोडफोड गरेका छन् । स्थानीयले चम्पावती हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजना स्थल, कार्यालय, सवारी, स्काभेटरकाे तोडफाेड गरी आगजनी गरेका हुन् ।

जलविद्युत आयोजनाको टेलरेसबाट निस्केको पानी राइनासटार नहरभन्दा मुनी पर्ने र खेतमा सिँचाइ गर्न नपाइने भन्दै स्थानीयले तोडफोड र आगजनी गरेको आयोजनाका इन्जिनियर सुर्दशन ढकालले बताए । उनका अनुसार आयोजनाको डिजाइन गर्दा नहरभन्दा करिब २०० मिटर माथि नै पानी खस्ने र सिँचाइ गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

‘आयोजनाको अध्ययन र डिजाइन गर्दा नै खेतमा सिँचाइ गर्नका लागि नहरभन्दा माथि नै पानी खस्ने गरी डिजाइन गरिएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘तर, नहरभन्दा २/३ सय मिटर तल खस्छ भन्ने स्थानीयको गलत बुझाइले गर्दा कम्पनीको करोडौको क्षति भएको छ।’

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालय शनिबार ४/५ सय जनाको ग्रुपले तोडफोड गरी आगजनी गरेका छन् । ‘दुई वटा वाइक, दुई वटा गाडी, जेनेरेटरमा आगजनी र स्काभेटर, कंक्रिट घोल्ने मेसिनको तोडफोड गरेका छन्’ उनले भने ।

आयोजनाको कार्यालयभित्रको कागजपत्र सबै च्यातेर, कम्प्यूटर, फ्रिजलगायत सबै तोडफोड गरेको कम्पनीले जनाएको छ । यसरी तोडफोड गर्दा कम्पनीलाई एक करोड बढीको क्षति भएको अनुमान गरिएको , क्षतिको विवरण निकाल्न बाँकी रहेको ढकालले बताए ।

राइनासटार सिँचाइको नहरबाट पानी नलैजाने हो भने करिब १२ सय हेक्टर खेत सुख्खा लाग्ने किसानहरूको भनाइ छ । राइनासटार सिँचाइको बाँधभन्दा माथि नै आयोजनाको पानीको निकास गरिनुपर्ने माग किसानहरूको छ । तर बाँधभन्दा करिब २ सय मिटर तल आयोजनाको पानीको निकास हुने भन्दै किसानहरू आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit