विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार (भदौ २६ गते) बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर–टिभिएस आईक्युब लन्च गरेको छ । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’मा स्कुटर सार्वजनिक भएको हो ।

टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ । यो बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

टिभिएस मोटर्सले सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको टिभिएस मोटर कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत केएन राधाकृष्णनले बताए । ‘हामीले अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ,’ उनले भने, ‘टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं ।’

टिभिएस नेपालको अग्रणी कम्पनी हो । पोर्टफोलियोमा विद्युतीय  सवारीहरू थपेर नेपालमा टिभिएसकाे नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेको पनि उनले बताए ।

नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा निकै उत्साहित रहेको टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर उपाध्यक्ष मनु सक्सेनाले बताइन । ‘विभिन्न स्कुटर ग्राहकहरूसँगको विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं,’ उनले भनिन, ‘टिभिएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ, यो नयाँ एज–कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्त्यन्तै उपयोगी हुनेछ ।’

टिभिएस आईक्युबले १ लाख ५० हजार भन्दा बढी भारतीय ग्राहकहरूलाई शानदार इलेक्ट्रिक सवारीको अनुभव दिइसकेको छ । टिभिएसका भारतीय उपभोक्ताहरूले ७०० मिलियन किलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन्,  ५७०० टनको कार्बन एमिशन घटाएको पनि उनले बताईन ।

नेपालमा सक्षम र फराकिलो आफ्टर सेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरू उपलब्ध गराउने टिभिएस मोटर्सको प्रयास हो । यो भिजनलाई ध्यानमा राख्दै कम्पनीले विगत केही महिनादेखि नेपालको विभिन्न भूभाग र मौसमको अवस्थाहरूमा टिभिएसकाे परीक्षण गरिरहेकाे थियाे ।

सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवालले टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर टिभिएस आईक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा उत्साहित भएको बताए । टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको  क्षेत्रमा महत्वपूर्ण योगदान पुग्नेछ ।

‘यसले हाम्रा ग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ,’ उनले भने, ‘हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं ।’

टिभिएसको जुन पहिला देखिको रेन्ज छ त्यसैलाइ आईक्युबले पनि निरन्तरता दिनेछ र भविष्यको लागि नयाँ बेन्चमार्क सिर्जना गर्नेछ । नेपालमा अटोमोटिभ क्षेत्रमा विद्युतीय सवारीको प्रयाेग बढ्दो छ । टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाट विद्युतीय सवारी लिने विकल्प दिएको छ । टिभिएस आईक्युबले व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा पार्ने सकारात्मक प्रभाव  पार्ने पनि उनले बताए ।

टिभिएस आईक्युबमा कन्टेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरूले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् ।

सहज ५-वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्टर्याक्सन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगायतका सुविधाहरू प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन-हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा  १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ ।

४.५ घन्टामा ०-८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल ब्याट्री चार्जरको साथ आउँदछ । साथै, कुनै पनि ५ एम्पीयर  घरेलु सर्किटको साथ प्रयोग गर्न सकिने यस स्कुटर सुविधाजनक र किफायती हुनेछ । पावर र ईको मोडले राइडरलाई  रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास/फल अलर्ट जस्तै सुविधाहरू आएका छन् ।

कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै  म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरूले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ ।
प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १,००० ग्राहकहरूका लागि ४ लाख २९ हजार ९ सय रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध छ ।

टिभिएस आईक्युबका मुख्य विशेषताहरूः

  • ४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क 
  • ३.३४ किलोवाटको रेटेड पावर
  • ७८ किमी/घण्टाको टप स्पिड
  •  ४.२ सेकेन्डमा ०–४० किमी/घन्टा एक्सेलेरेशन  
  • १०० किलोमिटरको एकल चार्जको रेन्ज
  • रिभर्स/फर्वाड पार्किङ असिस्ट 
  • ७ टिएफटि क्लस्टर, ५–वे जोइस्टिकको साथ
  • म्युजिक प्लेयर नियन्त्रण
  • नाइट मोड
  • स्मार्ट हेलमेट कनेक्टिभिटी 
  • आगमन कल/एसएमएस अलर्ट
  • क्लस्टरमा कागजात स्टोरेज
  • ३२ लिटर अन्डरसीट स्टोरेज
  • १० डिग्रीको ग्रेडेबिलिटी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit