images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल हाइड्रो पावर एशोसिएशनले हाइड्रो ल्याबसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी संस्थाका संस्थापक सदस्यहरू तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । ११ अक्टाेबरमा विश्वभर मनाइने गरेको ‘ग्लोबल हाइड्रो पावर डे’को अवसरमा संस्थाले संस्थापक सदस्य तथा पूर्व अध्यक्षहरूले नेपालको जलविद्युत्‌काे  क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरको हो ।

एशोसिएशनका अध्यक्ष अरुण रजौरियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विषयविज्ञहरूले जलविद्युत्‌का विविध आयामबारे प्रस्तुतिकरणसमेत गरेका थिए । कार्यक्रममा संगठनका अध्यक्ष एवं मान्यताप्राप्त मूल्यांकनकर्ता रजौरियाले ‘हाइड्रो सस्टेनेबिलिटी स्ट्यार्डर्डस्’ -एचएसएस_ विषयक प्रस्तुतिकरण गरेका थिए । उनले हाइड्रो पावर सस्टेनेबिलिटी स्ट्यान्डर्डस्का सिद्धान्तहरू, हाइड्रो पावर सस्टेनेबिलिटी काउन्सिलको सांगठनिक संरचना, एचएसएस प्रमाणिकरणको प्रक्रिया, खास गरी नेपालको सन्दर्भमा यसका लाभहरू, ग्रिन बोन्ड जस्ता अन्तर्राष्ट्रिय वित्तीय औजारहरूसँग यसको सम्बन्धलगायत विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्युत् विकास विभागकी वातावरणविज्ञ सुनिता खनालले ‘इन्भाइरोन्मेन्टल प्रोटोकल्स फर सस्टेनेबल हाइड्रो पावर डेभलपमेन्ट’ विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । उनले दिगो विकासका लागि हालको नीतिगत तथा संस्थागत संरचना, नियामकीय तथा अनुगमनसम्बन्धी प्रावधानहरू र दीगो जलविद्युत् विकासका अवरोध तथा समाधानका सम्भावित उपायहरूबारे अवधारणा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सम्मानितहरूसहित सबैलाई संगठका सचिव नारायण रिजालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संगठनकी सदस्य सम्झना छुस्याबागाले गरेकी थिइन् । 

जलविद्युत्‌ले समुदाय र व्यक्तिमा पारेका सकारात्मक प्रभावहरूप्रति कृतज्ञता प्रकट गर्न हरेक वर्षको ११ अक्टोबरमा यो दिवस मनाउने गरिएको छ । कार्यक्रममा आउँदो दशैं र तिहार जस्ता चाडपर्वको शुभकामनासमेत आदानप्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit