विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक गरेको छ । बैंकले यो योजना वैशाख २ गते सार्वजनिक गरेको हाे ।

बै‌ंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स काराेबारलाई प्रवर्द्धन गर्न ग्लोबल रेमिटमार्फत पैसा पठाँउदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना बैंकले ल्याएकाे हाे । यो योजना  २०२४ जुन १० सम्म लागु हुने बैंकले जनाएकाे छ । 

बैंकका अनुसार ‘पैसा आउने, थपेर पाउने’ नारा सहितको यो योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल बैंकमा रहेको खातामा पैसा पठाँउदा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने छ ।

यो योजनाअन्तर्गत रेमिट्यान्स पठाउनेले  २५ हजारदेखि ५० हजार रूपैयाँसम्म पैसा पठाउँदा १०० रूपैयाँ, ५० हजारदेखि १ लाख रूपैयाँसम्म पठाँउदा २५० रूपैयाँ र १ लाखभन्दा बढी पठाँउदा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने छ । ग्लाेबल बैंकमा भएको खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँ थप गरिदिने बैंकले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit