विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स पावर कम्पनीले आगामी असार ८ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ६ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये जिल्लाको इलाम नगरपालिका वडा नम्बर १ र ४ अतिप्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, बाँकी ४ लाख ४२ हजार ८२० कित्ता सेयर जिल्लाभरीका बासिन्दाहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले छिटोमा असार २२ गतेसमम र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

स्थानीयले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दकपुर र इलाम शाखा, ग्लोबल आइएमइ बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शिल बैंकको राँके, मंगलबारे, वितौले, तिनघरे र इलाख शाखाकार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit