विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण (रिप–ग्रीन) परियोजना अन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागु गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच अनुदान वितरण गरिएको हो । 

दोस्रो चरणमा १३ वटा उद्योगलाई ४ करोड रुपैयाँभन्दा बढीको अनुदान प्रदान गरिएको छ । विस्तृत ऊर्जा अडिटमार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयन गरेका उद्योगहरूलाई उक्त अनुदान वितरण गरिएको हो । उद्योगहरूले अपनाएका उक्त ऊर्जा दक्ष उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा  ऊर्जा बचत हुने अपेक्षा गरिएको छ । जसले वार्षिक ४ करोड ७७ लाख ५८ हजार १६ रुपैयाँभन्दा बढी खर्च कटौतीमा योगदान पुगेको छ । यसबाट नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने भएको कार्यक्रममा बताइएको छ ।

रिप–ग्रीन परियोजनाका लागि ग्रीन ऊर्जा वित्त विशेषज्ञ राजीव मंगल जोशीका अनुसार कृषि प्रशोधन, औषधि र डेरी क्षेत्रका उद्योगहरूले अनुदान पाएका छन् । सबैभन्दा ठूलो १ करोड रुपैयाँ अनुदान एजी हेल्थ इन्डस्ट्रिज प्रालिले प्राप्त गरेको छ । उक्त उद्योगले हाते प्याकेजिङ प्रविधिको प्रतिस्थापनसहितका दुई वटा प्रमुख ऊर्जा दक्षताका उपायको सफल कार्यान्वयन गरेको छ । यसका लागि कम्पनीले ४ करोड रुपैयाँभन्दा बढी लगानी गरी वार्षिक १ करोड रुपैयाँको बचत हुने जनाएको छ ।

कार्यक्रममा युरोपेली संघ, नेपालका प्रतिनिधि रञ्जन प्रकाश श्रेष्ठले सहभागी उद्योगहरूको उपलब्धिको प्रशंसा गर्दै परियोजनाको सहयोगपछि पनि ऊर्जा दक्षता सम्बन्धी आफ्नो प्रयास निरन्तर जारी राख्न आह्वान गरे ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले ऊर्जा बचत, ऊर्जा उत्पादन जत्तिकै महत्त्वपूर्ण भएको बताए । उनले अनुदान प्राप्त गर्ने उद्योगले अरूलाई पनि ऊर्जा दक्ष प्रविधिहरू अपनाउन प्रेरित गर्ने अपेक्षा गरे ।

आफ्ना अनुभव राख्दै सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिका प्रबन्ध निर्देशक सुमित केडियाले कुल सञ्चालन लागतको करिब ३० देखि ३५ प्रतिशत ऊर्जामा खर्च हुने गरेकोमा ऊर्जा दक्ष उपाय अपनाउँदा उद्योगहरूलाई लाभ मिल्ने बताए । एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा. पङ्कज तिवारीले ऊर्जा अडिट प्रक्रिया उत्कृष्ट रहेको र यसले ऊर्जाको अधिकतम प्रयोग गर्ने नयाँ तरिकाहरू र अन्तर्राष्ट्रिय सुरक्षा तथा अनुपालन मापदण्डहरूको पालना गर्ने उपायहरू प्रस्तुत गरेको बताए ।

युरोपेली संघ तथा जर्मन सरकारको सह–आर्थिक सहयोगमा, रिप–ग्रिन परियोजना अन्तर्गत सञ्चलन भइरहेको उक्त अनुदान कार्यक्रमले उच्च प्रभावकारी ऊर्जा दक्षताका उपायहरू कार्यान्वयन गर्न आंशिक आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । यसले नेपालको दिगो औद्योगिक अभ्यासलाई प्रवर्द्धन गर्न, परिवर्तित अर्थतन्त्रका सिद्धान्त अपनाउन, वातावरणीय मापदण्डहरू पालना गर्न तथा मर्यादित श्रम अभ्यासलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, युरोपेली संघ, जिआइजेड नेपाल, ऊर्जा दक्ष उपायको सफल कार्यान्वयन गरेका उद्योगहरूका प्रतिनिधि र ऊर्जा विशेषज्ञहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३