विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले मनाङ जिल्लामा निर्माण गरिरहेको ८३.२५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनामा इलेक्ट्रो–मेकानिकल उपकरण उत्पादन, आपूर्ति तथा जडानको जिम्मेवारी ‘फ्लोभेल इन्डिया प्रालि’ले पाएको छ ।

उक्त कार्यका लागि बिहीबार (कात्तिक २७ गते) लालुपातेका कार्यकारी अध्यक्ष मोहनकुमार डाँगी र फ्लोभेल इन्डियाका कार्यकारी निर्देशक गौतम कारले सम्झौतापत्रमा हस्ताक्षर गरे । सोही क्रममा डाँगीले नेपालको बढ्दो जलविद्युत् विकासको क्षेत्रमा फ्लोभेलले आफ्नो गुणस्तरीय र व्यावसायिक कार्यको उदाहरण प्रस्तुत गर्ने विश्वास गरे ।

‘फ्लोभेलले नेपालमा दशकौँदेखि काम गर्दै आएको छ, यो बढी उचाइ (हाइ हेड) युक्त आयोजनामा पनि प्रवेश गरेको छ,’ उनले भने, ‘उसको ऐतिहासिक उपलब्धि र यहाँको फैलिँदो जलविद्युत् क्षेत्र उसका लागि ठूलो अवसर पनि हो ।’ कम्पनीले हिजोका दिनमा जस्तै यो आयोजनामा पनि समयभित्रै आफ्नो जिम्मेवारी पूरा गर्ने डाँगीको भनाइ थियो ।

५० मेगावाटको दाना खोलाको आर्थिक तथा प्राविधिक पक्ष हेर्ने जिम्मेवारी टेक्नोक्वायरीलाई

दाना खोलाका लागि फ्लोभेल छनोटमा पर्नुमा केही विशेष कारणहरू रहेको डाँगीले औँल्याए । जसमा, उसले पेश गरेको प्रतिस्पर्धी मूल्य र स्वीकारयोग्य प्राविधिक प्रस्ताव, ५ दशक लामो ऐतिहासिक पृष्ठभूमि, करिब ४० प्रतिशत उपकरण आफ्नै फ्याक्ट्रीमा उत्पादन, पारिवारिक व्यवसायभित्र पनि उच्च तहको पारदर्शिता, नियमन र दिर्घकालीन लक्ष्यलगायत पक्ष रहेका छन् ।

तस्बिरः ऊर्जा खबरसम्झौताकै क्रममा फ्लोभेल इन्डियाका कार्यकारी निर्देशक कारले लामो समयदेखि नेपालमा कमाएको इज्जत जोगाउँदै व्यावसायिक निष्ठाका साथ प्राप्त जिम्मेवारी पूरा गर्न कम्पनीले कुनै पनि कसर बाँकी नराख्ने बताए । ‘हामीले संसारभरि ५ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनामा काम गरिसकेका छौँ, त्यो हाम्रो ऐतिहासिक विरासत हो,’ उनले भने, ‘यो प्रतिष्ठा जोगाउन र यहाँको जलविद्युत् विकासको प्रचुर सम्भावनासँग जोडिन पनि कम्पनीले गुणस्तरीय कार्य र व्यावसायिक धर्मलाई उच्च प्राथमिकतामा राखेको छ ।’

४९.९५ मेगावाटको दाना खोलाको सिभिल संरचना निर्माण सम्झौता सम्पन्न

सम्झौता कार्यक्रममा उपस्थित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले नेपालको हकमा फ्लोभेल कम्पनी नयाँ नभएको हुँदा उसले विगतमा जस्तै दाना खोलाको हकमा पनि निष्ठापूर्ण हिसाबले जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।

तस्बिरः ऊर्जा खबरयसैगरी, फ्लोभेलका नेपाल प्रतिनिधि रञ्जिल बस्नेतले पछिल्लो समय नेपालको ऊर्जा व्यवसायमा कम्पनीले आफूलाई अब्बल साबित गर्दै आएको बताए । ‘निजी क्षेत्रद्वारा निर्मित आयोजना ३०–३५ वर्षका लागि हो भन्ने कतिपयको धारणा छ, त्यो गलत मान्यता हो,’ उनले भने, ‘निजीले निर्माण गरे पनि त्यस्ता आयोजना राज्यकै हुन् र तिनको गुणस्तरीय पक्षमा सम्झौता गर्नु हुँदैन, फ्लोभेल गुणस्तरीय कार्यमा सधैँ सचेत छ ।’ नेपाल प्रतिनिधिको हैसियतमा रहेर आफूले यो पक्षलाई संवेदनशीलरूपमा हेरेको उनको भनाइ थियो ।

४९.९५ मेगावाटको दाना खोलामा ६ बैंकले ७ अर्ब ४७ करोड ऋण लगानी गर्ने

इलेक्ट्रो मेकानिकल कार्यका लागि २०८१ साल असोज २२ गते प्रस्ताव आह्वान गरिएकोमा विभिन्न १० विदेशी कम्पनीले इच्छापत्र पेश गरेका थिए । ती मध्ये डब्लूकेभी जर्मनी, एन्ड्रिज हाइड्रो इन्डिया, फ्लोभेल इन्डिया, भोइथ इन्डिया, ट्रोयर इटली र ग्लोबल अष्ट्रिया ‘प्रि–क्वालिफाइड’ अर्थात् छनोट सूचीमा परेका थिए । यी ६ कम्पनीसँग फागुन २७ गते प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको थियो ।

९.६८ अर्ब लगानीमा निर्माण हुने ५० मेगावाटको दाना खोलाको पिपिए सम्पन्न

सबै कम्पनीबाट प्राप्त प्राविधिक एवम् आर्थिक प्रस्तावको मूल्याङ्कनपछि फ्लोभेलले बढी अङ्क पाएको हुँदा उसैलाई कामको जिम्मेवारी दिइएको प्रवर्द्धक कम्पनीले जानकारी दिएको थियो । सम्झौता अनुसार १०११ मिटर उचाइको यो आयोजनामा फ्लोभेलले इलेक्ट्रो–मेकानिकल उपकरण डिजाइन, उत्पादन, आपूर्ति तथा ढुवानी, बिमा, जडान, परीक्षण लगायत सम्पूर्ण काम गर्नुपर्ने छ ।

५० मेगावाटको दाना खोलाको काम साढे ३ वर्षमा सम्पन्न गर्ने लालुपाते हाइड्रोको लक्ष्य

सुरुमा ४९.९५ मेगावाटको दाना खोलाको क्षमता विस्तार गरी ८३.२५ मेगावाट पुर्‍याइएको छ । आयोजनाबाट ३०२.२७ गिगावाट घन्टा (३० करोड २२ लाख ७० हजार युनिट) विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३