images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । साहस ऊर्जा लिमिटेडले निर्माण पुरा गरेको आयोजनाको संरचनाहरूको परीक्षण सुरु गरिएको हो ।

सोमबार (कात्तिक २८ गते)  देखि आयोजनाको मुख्य ७६५४ मिटर लामो सुरुङमार्गमा पानी हालेर परीक्षण सुरु गरिएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार आयोजनाको अन्य बाँकी संरचनाको काम पनि सकिएको छ ।

‘आयोजनाको विभिन्न चरणको परीक्षण गर्छौ, यसअघि डिसान्डरमा पानी भरेर परीक्षण भइसकेको छ’ उनले भने, ‘अब क्रमशः अन्य संरचनाको पनि परीक्षण सुरु गछौं, परीक्षण पूरा गरेर व्यवसायीक उत्पादन गर्न अझै २ महिना लाग्नेछ ।’ यो आयोजना निजी क्षेत्रले निर्माण गरिरहेको अहिलेसम्मको ठूलो हो ।

जलविद्युत आयोजनाको सबै संरचनाको काम पूरा भएपनि प्रसारण लाइनको काम भने बाँकी नै छ । लाइनको काम तिव्र गतिमा अघि बढेको छ । लाइनको टावरको काम पूरा भइ तार तान्ने काम बाँकी छ । आयोजनाको विभिन्न संरचनाको परीक्षण पूरा भइसक्दासम्म लाइनको काम पनि सकिने पाठकले बताए ।

आयोजनाको काम २०७८ चैतभित्र पूरा गर्ने लक्ष्य भएपनि विविध कारणले गर्दा अवधि लम्बिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अव सबै काम पूरा भएकोले २ महिनाभित्र व्यवसायिक उत्पादन सुरु गरिनेछ ।

आयोजनाबाट  उत्पादित विद्युत १३२ केभी सोलु कोरिडोर (प्रसारण लाइन) को तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) भएको छ । सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ ।

आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

अनुमानित लागत ११ अर्ब ८६ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहेको छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ । 

सोलु खोला बेसिनमा सोलु–दूधकोसी बाहेक ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit