विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माण भएकाे ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाकाे बिजुली अबकाे एक सातापछि (आगामी आइतबार चैत ८ गते) राष्ट्रिय प्रणालीमा जाेडिने भएकाे छ । अहिले आयाेजनाकाे परीक्षण उत्पादन भइरहेकाे छ ।

आयोजनाको संरचना तथा विद्युतगृहमा जडान भएका उपकरण परिक्षण अन्तिम चरणमा रहेकाे हुँदा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि आयोजनाको विद्युत आगामी आइतबारदेखि राष्ट्रिय प्रणालीमा जोडिने आयोजना प्रमुख दीपककुमार शाहले बताए । 'भविष्यमा कुनै प्रकारको समस्या नदेखियोस भन्ने उदेश्यले विभिन्न चरणको परिक्षण भइरहेको छ,' उनले ऊर्जाखबरसँग , 'आयोजनाको टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, ब्रेकरलगायतका उपकरणको परीक्षण गत फागुन पहिलो सातादेखि भइरहेको छ ।'

एक साताभित्र प्राधिकरणको टोली आएर परीक्षण उत्पादन सुरु गर्ने पनि साहले बताए । ‘१५ दिनको परीक्षणपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नेछ । आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ । विद्युत जोडिने सबस्टेसनको काम पूरा भएकाले माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै उद्घाटन गरेका थिए । सबस्टेसनसम्मको ४ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक आफैंले निर्माण गरेको छ ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएर निर्धारित लक्ष्यभन्दा निकै ढिलो पूरा भएको मिस्ट्री खोला अहिलेसम्म निर्माण भएका निजी क्षेत्रका आयोजना भन्दा निकै सस्तो मानिएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माणमा ढिलाई गर्दा आयोजना पनि प्रभावित भएको थियो ।

प्रसारण लाइन निर्माणको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटना भए पनि आयोजना प्रतिमेगावाट करिब १४ करोड रुपैयाँमा पूरा भएको प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ । आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाको लगानी छ ।

५ अर्ब ६४ करोड रुपैयाँ लागतमा पूरा भएको आयोजनामा नबिल बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । यसैलाई आधार मान्दा प्रतिमेगावाट लागत करिब १३.४३ करोड रुपैयाँ हुन आउँछ ।

आयोजनामा नबिल (१ अर्ब) सँगै नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ अर्ब, नेपाल बैंकले ५० करोड, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ लगानी गरेका छन् । मिस्ट्री खोलाले २०६८ असोज २० गते उत्पादन अनुमतिपत्र पाएको थियो ।

कम्पनीले यसअघि नै सर्वसाधारणका लागि २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । आयोजना आकर्षक भएको हुँदा यसको सेयर मूल्य पनि त्यही अनुसार किनबेच भइरहेको छ ।

कम्पनीले यसअघि नुवाकोटको तादी खोलामा ५ मेगावाटको तादी खोला निर्माण गरी सञ्चालन गरिरहेको छ । यस्तै, कम्पनीले मिस्ट्री खोलाको विद्युतगृहबाट निस्केको पानी उपयोग गरी मिस्ट्री खोला–२ (क्यासकेड) को निर्माण अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit