विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–बंगलादेश विद्युत् व्यापार

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत छलफल एक खुड्किलो माथि उक्लेको छ । बंगलादेश प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा नेपालबाट जलविद्युत् आयात गर्न सहमत भएसँगै यो प्रक्रिया नयाँ चरणमा प्रवेश भएको हो ।

‘बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)’ ले गत साता उक्त दरमा नेपालबाट जलविद्युत् आयात गर्न सकिने टुंगो लगाएको छ । विभागले आफ्नो निर्णय त्यहाँको मन्त्रिपरिषद्बाट पारित गर्नका लागि पठाउन भने बाँकी नै रहेको बंगलादेशबाट प्रकाशित हुने पत्रिका डेली सर्भरमा उल्लेख छ ।

बंगलादेशले नेपालको जलविद्युत् प्रतियुनिट ५ अमेरिकी सेन्ट (६.६४ रुपैयाँ) मा खरिद गर्न सकिने बताउँदै आएको थियो भने प्राधिकरणले प्रतियुनिट ७ सेन्ट (९.२९ रुपैयाँ) भन्दै आएको थियो । यी दुवै दरलाई आधार मान्दै बंगलादेश प्रतियुनिट ६.५ अमेरिकी सेन्ट (८.६३३ रुपैयाँ) मा खरिद गर्न तयार भएको समाचार स्रोतले जनाएको छ ।

बंगलादेशले खरिद गर्न चाहेको प्रतियुनिट दर अहिले भारतमा निर्यात भइरहेको भन्दा २० पैसा महँगो हो । प्राधिकरणले भारतसँग प्रतियुनिट ८.४० रुपैयाँ (भारु ५.२५) मा जलविद्युत्‌काे व्यापार गरिरहेको छ । उसले स्वदेशी निजी क्षेत्रबाट भने हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्दै आएको छ ।

बंगलादेशका उच्च अधिकारीहरूका अनुसार उक्त खरिद दरमा सबै पक्षको सहमति भइसकेको छ । यसै विषयमा छलफल गर्न फागुन दोस्रो साता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली बंगलादेश गएको थियो । सोही क्रममा दर निर्धारण भएको पनि जनाइएको छ ।

आयात दरमा सम्झौता भएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्ने सम्बन्धमा चाँडै नै नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने अपेक्षा गरिएको छ । साथै, नेपालले बंगलादेश विद्युत् निर्यात गर्न २४ मेगावाटको त्रिशूली र १६ मेगावाट अन्यबाट गरी ४० मेगावाट प्रस्ताव गरेको छ ।

उक्त परिमाणको विद्युत् ढल्केबर–मुजफ्फरपुर नेपाल–भारत सीमापार प्रसारण लाइन हुँदै भारत–बंगलादेशबीचको लाइन बहरामपुर–भेरामराबाट निर्यात हुनेछ । यस विषयमा भारतले सहमति दिइसको छ । नेपालले मध्यकालीन अवधि (५ वर्ष) का लागि बंगलादेशमा विद्युत् निर्यात गर्ने प्रस्ताव पनि गरेको छ ।

प्राधिकरणले जुन महिनाको १५ तारिखदेखि नोभेम्बर १५ सम्म (६ महिना) ४० मेगावाट निर्यात गर्ने प्रस्ताव गरेको छ । उता, बंगलादेशले भने ४० मेगावाटसहित ५०० मेगावाट विद्युत् तत्कालै आयात गर्न चाहेको बताएको छ । आफ्नो देशमा गहिरिँदै गएको विद्युत् संकट व्यवस्थापन र प्रणालीमा स्वच्छ ऊर्जाको परिमाण बढाउन उसले सन् २०४० सम्म छिमेकी देशहरूबाट ९ हजार मेगावाट जलविद्युत् आयात गर्ने रणनीति लिएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न पहिलो पटक सन् २०१८ मा सहमति भएको थियो । सोही अनुसार हरेक वर्ष दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त बैठक बस्दै आएको छ । यसले, नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणामा काम गर्दै आएको छ । २०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले २०७९ कात्तिकभित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो तर भारतले समयमै सहमति नदिँदा प्रक्रिया लम्बिएको थियो ।

२०७९ फागुन ५ र ६ गते भारतको राजस्थानस्थित माउन्ट अबुमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय १०औं बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति दिएको थियो । त्यसपछि, नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो  । नेपालले सन् २०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit