विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३३/११ केभीको सालझण्डी सबस्टेसन बिहीबार (चैत १ गते) देखि सञ्चालनमा आएको छ । यो सबस्टेसन सञ्चालन भएसँगै बुटवल तथा सैनामैना क्षेत्रको विद्युत् आपूर्ति तथा भोल्टेजमा सुधार हुने अपेक्षा गरिएको छ ।

सैनामैना नगरपालिका–९ सालझण्डीमा निर्मित उक्त सबस्टेसनमा २४ एमभिएको ट्रान्सफर्मर जडान गरिएको छ । यसबाट बुटवल र सैनामैना क्षेत्रको विद्युत् आपूर्तिम सुधार हुने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डले बताए । रुपन्देहीको मोतिपुरदेखि सालझण्डीसम्म निर्माण भएको करिब २५ किलोमिटर ११ केभी लाइन सोही सबस्टेसनमा जोडिने उनले जानकारी दिए ।

‘मोतिपुर सबस्टेसनदेखि सालझण्डीसम्म लामो दूरीमा विद्युत् प्रवाह हुँदा प्राविधिक चुहावट भइरहेकोमा त्यही सबस्टेसनबाट आपूर्ति दिँदा चुहावटमा समेत कमी आउने छ,’ उनले भने, ‘यसले स्थानीय क्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता गरेको छ ।’

सुरुमा आर के इन्टरनेशनलले ठेक्का लिई काम गरे पनि बीचमा ठेक्का तोडेर हाइटेन्सन स्वीच गियर नामको कम्पनीले निर्माण पूरा गरेको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit