images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा संस्थाकै उप–महानिर्देशक सञ्जिव बराल नियुक्त भएका छन् । बैशाख २ गतेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयबाट उनलाई उक्त पदमा नियुक्ति दिइएको हो ।

हाल विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका चुर्णबहादुर ओली जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन् । बराल विभाग अन्तर्गत बहुउद्देश्यीय तथा सिँचाइ महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

ऊर्जा तथा जलस्रोतका क्षेत्रमा समानरूपमा विज्ञता हासिल गरेका बराल जुझारु, अध्ययनशील र सरकारी निकायमा तीव्र रूपमा पदोन्नति हुँदै आएका कर्मचारी मानिन्छन् । जलविद्युत्, जलस्रोत र सिँचाइका क्षेत्रमा करिब १८ वर्षको अनुभव हासिल गरेका उनी विभागको जिम्मेवारीमा आउनु अघि करिब १३ महिना बागमती प्रदेशको सचिवको भूमिकामा थिए ।

बराल प्रदेश सचिवमा आउनुअघि राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा करिब २६ महिना आयोजना निर्देशक र विद्युत् विकास विभागले निर्माण गरिरहेको २० मेगावाटको बूढीगंगा जलविद्युत् आयोजनाको प्रमुखको भूमिकामा रहेर पनि काम गरेका थिए । मन्त्रालयमा इन्जिनियरको रूपमा सेवा प्रवेश गरेका उनले त्यसअघि तत्कालीन जलविद्युत् विकास तथा लगानी कम्पनी (एचआईडिसिएल), नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीमा जलविद्युत् इन्जिनियरको रूपमा जिम्मेवारी पूरा गरेका थिए ।

उनले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक (पुल्चोक इन्जिनियरिङ क्याम्पस) बाट जलस्रोत विधामा स्नातकोत्तर गरेका छन् भने पोखरा विश्वविद्यालय अन्तर्गतको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबिएसम्मको अध्ययन पूरा गरेका छन् । उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट सन् २०१६–१७ मा पूर्ण छात्रवृतिमा ‘हबर्ट एच हमफेरी फेलोसिम कार्यक्रम’ समेत पूरा गरेका छन् ।

‘सुप्रबल जनसेवा श्री’बाट विभुषित क्षमतावान कर्मचारी उनी नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बाट प्रदान गरिने ‘युवा व्यावसायिक अवार्ड– २०१२’ बाट पनि सम्मानित इन्जिनियर हुन् । उनी २०७५ सालको विभागको ६६औं वार्षिक उत्सवमा ‘उत्कृष्ट वर्ष कर्मचारी’बाट समेत सम्मानित भएका थिए ।

अध्ययन, अध्यापन र लेखनमा समेत उतिकै सशक्त बरालका हालसम्म ‘इन्जिनियरिङ हाइड्रोलोजी’ र ‘फन्डामेन्टल अफ हाइड्रोपावर इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएका छन् । यी दुवै पुस्तक सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी एवम् नीति निर्माता र योजनाकारका लागि उपयोगी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit