विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार २, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा कुनै पनि कारणले विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण र वितरण प्रणाली चुस्त राख्न प्राधिकरण नेतृत्व सक्रिय बनेको छ । गत वर्ष बाढीले क्षति पुऱ्याएको ३०० मेगावाट विद्युत् प्रसारण गर्न सक्ने त्रिशूली–३बी हब सबस्टेसन, त्रिशूली–३बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन अन्तर्गतका टावर नं. ८ र १५ को विनाअवरोध सञ्चालनमा प्राधिकरण नेतृत्वले सक्रियता देखाएको हो ।

नुवाकोट लगायत विभिन्न स्थानका प्राधिकरण संरचनाको निरीक्षण गरी प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ नेतृत्वको टोलीले यस्तो सक्रियता देखाएको हो । ‘बाढीले जोखिममा पुर्‍याएका यी दुई टावर बिग्रिए झन्डै ३०० सय मेगावाट बिजुली प्रसारण प्रणालीबाट बाहिरिने खतरा छ,’ मातहतका निकायका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘यसको निर्वाध सञ्चालन कायम राख्न सक्नुपर्छ ।’ 

निरीक्षण टोलीमा श्रेष्ठसहित प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल र काठमाडौँ ग्रिड महाशाखाका प्रमुख प्रज्वलमान श्रेष्ठ लगायतका उच्च अधिकारीहरू सहभागी थिए । टोलीले देवीघाट र त्रिशूली जलविद्युत् केन्द्र, नुवाकोट वितरण केन्द्र र निर्माणाधीन माथिल्लो त्रिशूली–३बी जलविद्युत् आयोजनाको विस्तृत अनुगमन गरेको छ ।

​भ्रमणका क्रममा कामु कार्यकारी निर्देशक श्रेष्ठले जलविद्युत् केन्द्रहरूको उत्पादन अवस्थाबारे जानकारी लिँदै वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी मजबुत बनाउनसमेत निर्देशन दिए । विगतका बाढीले क्षति पुऱ्याएका बाँधसहितका संरचनाको संरक्षण र पुनःस्थापनाको काम यथाशीघ्र सम्पन्न गर्न पनि उनले जोड दिए । ‘वर्षायाममा विद्युत् आपूर्तिमा कुनै पनि अवरोध आउन दिनु हुँदैन,’ उनले भने, ‘पुनःनिर्माण र मर्मतसम्भारका कार्यलाई तीव्रता दिई प्रणालीलाई तयारी अवस्थामा राख्नुहोस् ।’

टोलीले त्रिशूली–३बी हब–समुन्द्रटार १३२ केभी प्रसारण लाइन अन्तर्गतको टावर नं. १२ को समेत स्थलगत निरीक्षण गरेको थियो । साथै  श्रेष्ठले नयाँ कर्मचारीहरूको प्राविधिक ज्ञान र सीप विकासका लागि अनुभवी कर्मचारीहरूबाट ज्ञान हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्देशन दिए । संस्थागत अनुभव र दक्षतालाई प्रभावकारी बनाउन सहभागितामूलक कार्यसंस्कृतिको विकास गरिनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, कर्मचारीहरूलाई ग्राहक सेवाप्रति पूर्ण जिम्मेवार बनी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न कार्यालयका कर्मचारीहरूलाई सचेत गराएका थिए । ​सुरक्षित, भरपर्दो र निरन्तर विद्युत् सेवा प्रवाहका लागि उत्पादन, प्रसारण र वितरण प्रणालीबिच प्रभावकारी समन्वय कायम गर्न आवश्यक रहेको औँल्याउँदै उनले प्रसारण निर्देशनालय प्रमुख ढकाल र काठमाडौँ ग्रिड महाशाखा प्रमुख श्रेष्ठसहितको टोलीलाई प्राथमिकताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३