विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत् नियमन आयोगद्वारा वार्षिक प्रतिवेदन ऊर्जा मन्त्रीसमक्ष पेस

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगका अध्यक्ष रामप्रसाद धितालले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को आयोगको वार्षिक प्रतिवेदन बुझ्दै बुधबार उनले यस्तो आग्रह गरेका हुन् ।  

मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता रहेको बताए । आयोगका पदाधिकारीलाई निर्देशन दिँदै घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ, जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ । त्यसैगरी, जलविद्युत् आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न तथा प्रक्रियालाई स्तरीय बनाएर प्रतिस्पर्धाबाट पिपिए गर्न आधार दर र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस् ।’ 

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा हाल सौर्य विद्युत् खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रतियुनिट ५.९४ रुपैयाँ रहेको छ । जलविद्युत् आयोजनाको पिपिए दर वर्षायामका लागि ४.८० र हिउँदका लागि ८.४० रुपैयाँ रहेको छ । 

नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई मन्त्री घिसिङले निर्देशन दिए । उनले निजी क्षेत्रलाई प्रवर्द्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दिगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३