विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले सरकारले संसदमा लगेको विद्युत् विधेयक २०८० मा रहेका प्रावधानका कारण निजी ऊर्जा उत्पादकहरू पलायन हुने अवस्था आउने संभावना रहेको बताएका छन् । दशैं, तिहार र छठ जस्ता चाडपर्वको शुभकामना आदन–प्रदान गर्न इपानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । अध्यक्ष कार्कीले उक्त विधेयक संशोधन नभई ऐनका रूपमा कार्यान्वयनमा आउने हो भने ऊर्जा क्षेत्रमा निजी लगानीसमेत ठप्प हुने बताए । 

सञ्चारकर्मीहरूलाई निम्तो गरिएको उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष कार्कीले सरकारले ल्याएको विधेयकबारे सरोकारवाला सबै पक्षलाई जानकारी गराउन र निजी लगानीमा अवरोध हुने किसिमका प्रावधानलाई संशोधन गराउन सञ्चार माध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 

‘नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका निजी क्षेत्रलाई जोगाउन सञ्चारकर्मी साथीहरुको भूमिका महत्वपूर्ण हुने छ,’ उनले भने, ‘विद्युत् विधेयकमा धेरै विषय सकारात्मक र राम्रा छन् तर कतिपय प्रावधानले यो क्षेत्रको विकास नै ठप्प हुन सक्ने देखिन्छ ।’

सरकारले नयाँ विद्युत् ऐन निर्माणका लागि २७ भदौमा विद्युत् विधेयक २०८० संसदमा दर्ता गरेको थियो । उक्त विधेयक छलफलका लागि संसदमा प्रस्तुतसमेत भइसकेको छ । हाल उक्त विधेयक संसदमा विचाराधीन रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३