विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न ठाउँमा जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका ५ जलविद्युत कम्पनीले  करिब २१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासकाे वित्तीय विवरण अनुसार तीन महिनाकाे अवधिमा सो मुनाफा आर्जन गरेका हुन् ।

अरुण काबेली पावर लिमिटेड, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले साउनदेखि असोजसम्मको अवधि २१ करोड २४ लाख ९५ हजार ६ सय ९२ रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने काबेली खोलामा २५ मेगावाटको काबेली बी–१ निर्माण गरी सञ्चालनमा ल्याएको अरुण काबेलीले ९ करोड ७४ लाख २२ हजार ९ सय ९७ रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनमा कम्पनीको नाफा घटेको विवरणमा उल्लेख छ। गत वर्ष १३ करोड ५३ लाख ८० हजार ३ सय ७४ रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा केन्द्रको विद्युत बिक्री गरी २७ करोड ५१ लाख ८९ हजार २ सय ४३ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको देखिएको छ । गत वर्ष विद्युत बिक्रीबाट २६ करोड ६९ लाख ८ सय ८२ रुपैयाँ आम्दानी गरेको थियो । यो आयोजनाले २०७६ कात्तिक २३ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

यस्तै, सोलुखुम्बुको सोलु खोला र सिसा खोलामा २३.५ मेगावाटको सोलु खोला निर्माण सम्पन्न गरी २०७६ चैत १० गतेदेखि उत्पादन सुरु गरेको अप्पर सोलु हाइड्रो इलेक्ट्रीकले ४ करोड ७३ लाख ८७ हजार १६ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष १ करोड ७८ लाख ३२ हजार ४ सय ५७ रुपैयाँ नाफा कमाएको विवरण उल्लेख गरिएको छ ।

कम्पनीले विद्युत बिक्री गरी २३ करोड ५६ लाख २५ हजार ६ सय ३० रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको नाफा बढेसंगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । गत वर्ष विद्युत बिक्रबाट ३ करोड ४३ लाख ९१ हजार ३ सय ३२ रुपैयाँ आम्दानी गरेको थियो ।

अप्पर हेवा खोला पनि ३ करोड ६८ लाख २० हजार २ सय १२ रुपैयाँ खुद नाफा कमाएको छ । २०७८ चैतदेखि व्यापारिक उत्पादन सुरु गरेको कम्पनीले ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ७ करोड ७६ लाख ३३ हजार ८ सय १७ रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, रसुवामा ५ मेगावाटको मैलुङ खोला निर्माण गरी सञ्चालनमा ल्याएको मैलुङ खोला जलविद्युत कम्पनी १ करोड ३५ लाख ११ हजार १ सय ६७ रुपैयाँ नाफा कमाएको छ । गत वर्ष ७२ लाख ७४ हजार ९ सय ३ रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी ३ करोड ९४ लाख २५ हजार ५ रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ । गत वर्ष यही समयअवधिमा ३ करोड ६५ लाख ३७ हजार १ सय ८ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीकाे यो आयोजनाले २०७१ असार १९ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै, युनाइटेड मोदी हाइड्रोले १ करोड ७३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष घाटामा रहेको कम्पनीले सो नाफा कमाएको हो । गत वर्ष १ करोड ४४ लाख ५४ हजार रुपैयाँ घाटामा थियो । यो अवधिमा विद्युत बिक्री गरी ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ३ करोड ९७ लाख ४२ हजार रूपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit