विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२÷३३÷११ केभी क्षमताका २ वटा सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा ल्याउने भएको छ । निर्माण अन्तिम चरणमा पुगेका मोतिपुर र सन्धिखर्क सबस्टेसन सञ्चालनमा ल्याउन लागिएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माणाधीन मोतिपुर र अर्घखाँचीमा  निर्माणाधीन सन्धिखर्क सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । मोतिपुर सबस्टेसन मंसिर १५ गतेबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सन्धिकर्ख सबस्टेसन पनि पुस दोस्रो सातासम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । प्राधिकरणले बुर्तिवाङ–पाउदी, अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत सबस्टेसन निर्माण गरिरहेको हो ।

सन्धिखर्क सबस्टेसनमा ३० र १६ एमभिएका पावर ट्रान्सफर्मरहरु जडान हुनेछन् । सबस्टेसनका सम्पूर्ण उपकरणको जडान कार्य सम्पन्न भई अहिले परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम अहिले भइरहेको छ । 

आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टांगिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । 

मोतीपुर–सन्धीखर्क प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युतको प्राविधिक चुहावट पनि कम हुनेछ । 

अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन तालिकाभन्दा अगाडि नै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । ‘अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लाका ग्राहकले झ्याप्प झ्याप्प बत्ती गयो भन्दै मलाई सधै फोनबाट गुनासो गर्नुहुन्थ्यो,’ सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अवलोकनका लागि पुगेका घिसिङले भने, ‘उपभोक्ताले विद्युतको गुणस्तर सुधार गर्न माग गरिरहेकाले जतिसक्दो छिट्टो काम सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत काम भइरहेको छ ।’ 

उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दे उनले सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि यस यस क्षेत्रका उद्योगहरुलाई चाहिए जति विद्युत दिन सकिने बताए ।  कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit