images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही जलविद्युत (आरओआर) आयोजनाका प्रवर्द्धकलाई विद्युत खरिद सम्झौता (पिपिए) गर्न बोलाएको छ । प्राधिकरणले विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) का आधारमा पिपिए गर्न बोलाएको हो ।

विद्युत प्रवर्द्धकले ग्रिड सम्झौता भएको रोलक्रमअनुसार १५ दिनभित्र पिपिए गर्न आवेदनका साथ सम्पर्क गर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले आयोजनाको अद्यावधिक विवरण सहित पिपिए गर्न बोलाएको छ ।

ग्रिड एग्रिमेन्टका आधारमा पहिलो चरणमा ६६ वटा जलविद्युत आयोजनाको पिपिए हुनेछ । गत माघ २६ गते बसेको सञ्चालक समितिको बैंठकले पिपिए खोल्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको असार २४ गते बसेको बैंठकले ऊर्जा समिश्रण नीति परिवर्तन गर्दै १० प्रतिशत जलाशयुक्त आयोजनाको कोटा कटाएर नदी प्रवाहमा आधारित आयोजनामा थप गर्ने निर्ण गरेको थियो ।

सोही निर्णयअनुसार प्राधिकरणले पिपिए खुलाएको हो । नदी प्रवाही आयोजनाको साविक ३५ प्रतिशत (५२५० मेगावाट) बाट १० प्रतिशत (१५०० मेगावाट) सीमा वृद्धि भएको छ । अब, ४५ प्रतिशत (६७५० मेगावाट) नपुगेसम्म पिपिए लगायत सम्पूर्ण प्रावधान यथावत रहने गरी ग्रिड कनेक्सन सम्झौताका आधारमा पिपिए गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिलेसम्म ३१९२ मेगावाट क्षमताका १३६ जलविद्युत आयोजनासँग प्रसारण सम्झौता गरेको छ । अहिले निजी ऊर्जा उत्पादकले २४० ओटा परियोजनाहरूले ११७१६ मेगावाट बराबरको पिपिएका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit