विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुईमहिना अवधिमा २ सय मेगावाट बढीका आयोजनाको अध्ययन पूरा भएको छ । देशको विभिन्न जिल्लामा पहिचान भएको १२ जलविद्युत आयोजनाको अध्ययन सकिएको हो ।

विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भएको आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । सरकारी तथा निजी उत्पादकले २१३.४१ मेगावाटको आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।

२०७९ बैशाख र जेठमा १२ जलविद्युत आयोजनाको अध्ययन पूरा भई उत्पादन  अनुमतिका लागि आवेदन दिएका छन् । बैशाखमा ११२.०४ मेगावाटको ८ वटा आयोजनाले आवेदन दिइएका छन् भने जेठमा १०१.३७ मेगावाटको ४ आयोजनाले आवेदन दिएका छन् ।

विभागका अनुसार अध्ययन सकिएका आयोजनामध्ये सबैभन्दा ठुलो ४३ मेगावाटको घुन्सा तमोर जलविद्युत आयोजना रहेको छ । यो आयोजना नेपाल भेन्चर हाइड्रो पावरले अध्ययन सम्पन्न गरी बैशाख २८ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको छ ।

यस्तै, माथिल्लो मादी पनि ४३ मेगावाटकै छ । यो आयोजना निर्माण गर्न अन्नपूर्ण पावर कम्पनीले गत जेठ ३ गते आवेदन दिएको छ । यस्तै, एपेक्स मकालु हाइड्रो पावरले २२ मेगावाटको मध्य होङ्गु खोला–ए को अध्ययन पूरा गरि बैशाख २ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको छ ।

१९ मेगावाटको तातोपानी खोला, ६.५ मेगावाटको सानो धारखोला, २.९ मेगावाटको माथिल्लो सर्दी, ६.०५ मेगावाटको तल्लो भिम खोला, ९.१४ मेगावाटको सुपर घलेम्दी, ३.४५ मेगावटको सिनकोस खोलाले उत्पादन अनुमतिका लागि बैशाखमा आवेदन दिएका थिए ।

यस्तै, जेठमा १३ मेगावाटको माथिल्लो सेती–१, ३६.५२ मेगावाटको ब्रह्मयानी र ८.८५ मेगावाटको माल्टा बागमतिले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । विभागका अनुसार हालसम्म ३७४० मेगावाट विद्युत उत्पादन गर्न ५१ जलविद्युत आयोजनाले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३