विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको प्रकोपका कारण पुरै कर्जा भुक्तानीमा समस्या भएपछि पुनर्कर्जाको समय १ वर्ष थप गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । उनीहरूले पुनर्कर्जाको सुविधा उपयोग गरी नियमित ब्याज तिर्दै आएको भए पनि तोकिएको अवधिभित्र पुरै कर्जा भुक्तानी गर्न नसकेपछि नवीकरण गरी समय थप गर्ने व्यवस्था हुनुपर्ने माग राखेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघले प्रेस बक्तव्य जारी गरी नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा अहिले व्यवसायी समस्यामा परेकाले पनि एक पटकको लागि पुनर्कर्जाको समय थप गर्ने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । महासंघले पुनर्कर्जा सुविधामा तोकिएको २० करोड रुपैयाँको सीमा बढाउन समेत सुझाव दिएको छ ।

‘केन्द्रीय बैंकमा रहेको निक्षेपको दोब्बर सीमासम्म पुनर्कर्जा प्रवाह गरिनु पर्दछ,’ महासंघको प्रेस बक्तव्यमा भनिएको छ,‘अब २० करोडको सीमा बढाएर पुनर्कर्जा दिनुपर्छ ।’ कोरोना महामारीको प्रकोपका कारण अबको ३ वर्षसम्म पनि व्यवसाय सुधार हुने सम्भावना नरहेका व्यवसायलाई कूल कर्जाको ८० प्रतिशतसम्म पुनर्कर्जाको सुविधा दिनु पर्ने व्यवस्था पनि अर्थवार्षिक समिक्षामा राखिनु पर्ने महासंघको माग छ ।  

उत्पादन मुलक क्षेत्रमा पुनर्कर्जाको सीमा बढाउनुका साथै यसको प्रक्रिया सरल बनाई अन्य क्षेत्रकोभन्दा १ प्रतिशत कम ब्याजदरमा कर्जा प्रवाहको सुविधा दिन पनि सुझाव दिइएको छ । उत्पादन मुलक क्षेत्रका नाममा कर्जा लिई त्यसको प्रयोग अन्यत्र बढ्न थालेकाले बैंक तथा वित्तीय संस्था र सम्बन्धित अनुगमन तथा नियामक निकायले सक्रियता बढाउनु पर्नेमा महासंघले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३