विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा नेपालका २० ओटा वाणिज्य बैंकले साढे १६ अर्बभन्दा धेरै नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० वटा बैंकले चालु आर्थिक वर्षको पहिलो २ महिनामा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् ।

तथ्याङ्क अनुसार २० बाणिज्य बैंकहरूले साउन र भदौ महिनामा सो मात्रामा नाफा आर्जन गरेका हुन् ।

यी दुई महिनामा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले आर्जन गरेको छ । यस बैंकले यो अवधिमा १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, दोस्रोमा नविल बैंक रहेको छ । यो बैंकले २ महिनामा  एक अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले एक अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी, कुमारी बैंकले एक अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । राष्ट्रिय बाणिज्य बैंकले ८७ करोड ५१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख ९ हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख ५० हजार नाफा कमाएको छ । एनआईसी एशिया बैंकले ८० करोड ५५ हजार रुपैयाँ नाफा कमाएको छ भने एनएमबि बैंकले ७६ करोड ७० लाख ३ हजार नाफा आर्जन गरेको देखिन्छ । एभरेष्ट बैंकले २ महिनामा ७१ करोड २५ लाख ९० हजार नाफा कमाएको छ । यसैगरी, नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार नाफा कमाउन सफल भएको छ ।

चालु आवको दुई महिनामा प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार र कृषि विकास बैंकले ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन । सानिमा बैंकले ५१ करोड २० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख ८० हजार रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जानकारी दिएको छ । माछापुच्छ«े बैंकले २ महिनामा ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ट बैंकले ४८ करोड ४५ लाख २० हजार रुपैयाँ, र सिटिजन्स बैंकले ४४ करोड ३१ लाख ७० हजार रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।

दुई महिनाको अवधिमा सबै भन्दा कम नाफा कमाउने बैंक नेपाल एसबिआई बैंक रहेको छ । यस बैंकले २७ करोड २९ लाख ९० हजार रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit