विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण पूरा भएर पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन नपाएको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले ५४ करोड रुपैयाँ बढी आम्दानी गुमाएको छ । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन अहिलेसम्म सम्पन्न हुन नसक्दा विद्युत बिक्रीबाट हुने आम्दानी गुमेको हो ।

आन्तरिक परीक्षण पूरा गरेपछि पनि विद्युत प्रणालीमा प्रवाह नहुँदा ८ महिनादेखि आयोजनाको विद्युत खेर गइरहेको प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । ‘हाम्रो आयोजना त गत वर्ष फागुनमा नै सकिएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यहि बेलादेखिको आम्दानी हिसाब गर्ने हो भने ७२ करोड रुपैयाँको विद्युत खेर गइसकेको छ । नेपाल विद्युत प्राधिकरणले साउनदेखि व्यवसायिक उत्पादन गर्न पाउने गरी दिएको चिठ्ठीको मिति हिसाब गर्दा ५४ करोड आम्दानी गुमिसक्यो ।’

उनले साउनदेखि असोजसम्म मासिक ८ करोड र त्यस यता मासिक ६ करोड रुपैयाँ बराबरको आम्दानी आयोजनाले गुमाइरहेको दाबी गरे । आयोजनाको विद्युत बिक्रीबाट हुने आम्दानी गुमेकै कारण एक वर्षमा बैंकको ४८ करोड रुपैयाँ ब्याजको भार थपिएको बताए ।

‘आयोजनाले आम्दानी नगरे पनि बैंकको ब्याज तिर्नु नपरे त ठिकै हुने थियो । तर, त्यस्तो हुँदैन । बैंकको नियमित ब्याज तिर्नुपर्छ । विद्युत बिक्रीबाट हुने आम्दानीले ब्याज तिर्न नपाएपछि यसको भार आफ्नै थाप्लोमा थपिएको छ’ उनले भने ।

प्रसारण लाइनको समस्याकै कारण आयोजनाको आन्तरिक परीक्षण पूरा भएपछि आयोजना बन्द गर्नुपरेको उनले गुनासो गरे । अहिले प्राधिकरणले प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान हुन लागेको बताएकाले आयोजनाको विद्युतगृह सञ्चालन गरेको पनि उनले बताए ।

यो आयोजना निर्माण सुरु भएको ३ वर्ष ८ महिनामा सम्पन्न भएको हो । आयोजना सम्पन्न भएपछि वार्षिक ७० करोड रुपैयाँ आम्दानी हुनेछ ।

सिंगटीको विद्युत प्रवाह हुने प्रसारण लाइनको रुट पर्ने सिन्धुपाल्चोक र दोलखामा स्थानीयले क्षतिपूर्ति विवाद झिकेर काम गर्न नदिएको आयोजना प्रमुख राजन ढुंगेलले बताए । उनका अनुसार दोलखाको २ स्थानमा क्षतिपूर्तिको विवाद झिकेर स्थानीयले तार तान्न अवरोध गरेका छन् ।

‘हामीले दशैंअघि नै प्रसारण लाइन पूरा हुन्छ भनेका थियौं,’ उनले भने, ‘तर, क्षतिपूर्ति विवादले भदौदेखि नै काम अवरुद्ध भयो । र झन ढिला भयो ।’ उनले सिन्धुपाल्चोकका पाङ्ग्रेटावरमा पनि स्थानीयले मुआब्जा विवाद झिकेर ३ वटा टावर खडा गर्न नदिएको बताए ।

स्थानीय अवरोधका कारण यस क्षेत्रमा पर्ने टावर नम्बर १९, २१ र २२ उठाउन नदिएको ढुंगेलले बताए । मन्त्रिपरिषदले समितिमार्फत प्रसारण लाइनको क्षतिपूर्ति विवाद समाधान गर्ने निर्णय गरेकाले अब काम सुरु हुने उनले बताए । 

करिब डेढ दशकअघि सुरु भएको प्रसारण लाइन अझै सम्पन्न हुन सकेको छैन । प्रसारण लाइन नसकिएकाले सिंगटी सबस्टेसनमा जोडिने ११ मेगावाटको तल्लो खारेखोलाले सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit