विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारबाट अनुमतिपत्र लिएर जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेका २३ प्रवर्द्धक कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले खराब सूचीमा राखेको छ । ती कम्पनीहरूले समय–समयमा वित्तीय विवरण सार्वजनिक नगरेको, संस्थाभित्र सुशासन एवं पारदर्शीता कायम नगरेको र पुँजी बजारमा चलखेल गर्न भूमिका खेलेको भन्दै उक्त सूचीमा राखिएको हो ।

सेबोनले मंगलबार (असार १ गते) सूचना निकाली जलविद्युत्, बैंक तथा वित्तीय संस्था, होटेल र लघुवित्तसहित ५१ कम्पनीलाई खराब सूची अर्थात् जोखिमयुक्तमा राखेको छ । ती मध्ये करिब आधा अर्थात् २३ कम्पनी जलविद्युत्सँग सम्बन्धित छन् । त्यसमा २२ वटा निजी क्षेत्रका कम्पनी र एउटा सरकारी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) छ ।

५१ वटा कम्पनीको सुक्ष्म अध्ययन गरी जोखिमयुक्त रहेको किटान गरेको छ । साथै, यस्ता कम्पनीको सम्पूर्ण वित्तीय विवरण अध्ययन गरी सचेत रहेर लगानी गर्न समेत अनुरोध गरेको छ । बोर्डले संगठित संस्था तथा कम्पनीको वित्तीय अवस्था, मूल्य आम्दानी अनुपात (पिई रेसियो) लगायत पक्षको अध्ययन गरेको थियो ।

अध्ययनबाट सूचीकृत संगठित संस्थाहरूको मूल्य ३०० प्रतिशत र सोभन्दा बढीले वृद्धि भएको, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा कम रहेका, कम्पनीको वर्तमान वित्तीय क्षमताको समेत मूल्यांकन गरी जोखिमयुक्त किटान गरेको छ । सेबोनले २०७३ साउन, २०७७ बैशाख र २०७८ जेठ ३१ गतेको बजार मूल्यको समेत तुलनात्मक अध्ययन गरेको छ ।

सेबोनले खराब सूचीमा राखेका कम्पनी मध्ये माउन्टेन इनर्जीले म्याग्दीमा ४२ मेगावाटको मिस्ट्री खोला निर्माण गरी सञ्चालनमा ल्याएको छ । यसको प्रतिमेगावाट लागत करिब साढे १३ करोड रुपैयाँ रहेको हुँदा यसलाई तुलनात्मकरूपमा राम्रो कम्पनीमा गणना गरिएको छ ।

यसैगरी, रसुवागढी, सान्जेन र अप्पर तामाकोसीले क्रमशः रसुवामा ५७.३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन, १११ मेगावाटको रसुवागढी र दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण गरिरहेका छन् । निर्माण नै पूरा नभई र विद्युत् उत्पादन हुन बाँकी नै रहेका कम्पनीको सेयरमूल्य आकासिनु साँच्चै आश्चर्यको विषय हो ।

सेबोनले सार्वजनिक गरेको उल्लेखित विवरणले समेत यी कम्पनीभित्र सुशासन र आर्थिक पारदर्शीता कमजोर रहेको देखाउँछ । साथै, अप्रत्यासितरूपमा कम्पनीको मूल्य बढाउन पुँजी बजारका दलालले यसमा मुख्य भूमिका खेलेको पक्षलाई समेत सेबोनले स्पष्ट पारेको छ ।

सेबाेनले खराब सूचीमा राखेका जलविद्युत् कम्पनी र तिनकाे वित्तीय विवरण

क्र.सं. कम्पनीकाे नाम क्षेत्र २०७३ काे साउन १२ गतेकाे मूल्य २०७७ बैशाख ३० गतेकाे मूल्य २०७८ जेठ ३१ गतेकाे मूल्य इपिएस पिई रेसियाे नेट वर्थ
१. आँखु खाेला जलविद्युत् कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे ५२ ३३५ -१३.८९ -२४.१२ ६४.०५
२. अरुण भ्याली हाइड्राे पावर डेभलपमेन्ट कम्पनी लि. जलविद्युत् ४२७ ९२ ५४७ ९.०७ ६०.३१ १०९.३२
३. बरुण हाइड्राे पावर कम्पनी लि. जलविद्युत् ५३५ ८५ ६४५ ४.०२ १६०.४५ १०३.०१
४. छ्याङ्दी हाइड्राे पावर लि. जलविद्युत् सूचीकृत नभएकाे ८३ ५४८ ४.७८ ११४.६४ १०३.७५
५. दिव्यश्वरी हाइड्राे पावर लि. जलविद्युत् सूचीकृत नभएकाे ५१ ३२७ -६.८५ -४७.७४ २६.८६
६. हिमालय ऊर्जा विकास कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे ९४ ४११ ०.०९ ४५६६.६७ ९९.२४
७. खानी खाेला हाइड्राे पावर कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे ५४ २७५ -२१.२७ -१२.९३ -२९.४१
८. लिबर्टी इनर्जी कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे सूचीकृत नभएकाे ४५६ -२.२८ -२००.०० ९०.२३
९. माउन्टेन इनर्जी नेपाल लि. जलविद्युत् सूचीकृत नभएकाे सूचीकृत नभएकाे ९५९ २.८३ ३३८.८७ १३०.८८
१०. माउन्टेन हाइड्राे नेपाल लि. जलविद्युत् सूचीकृत नभएकाे ८८ ३९८ १.३२ ३०१.५२ ८८.५९
११. पञ्चकन्या माई हाइड्राे पावर लि. जलविद्युत् सूचीकृत नभएकाे ७६ ३५६ -१.४८ -२४०.५४ ८०.७८
१२. राधी विद्युत् कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे १७५ १०८६ १७.६३ ६१.६० १५१.८५
१३. रैराङ हाइड्राे पावर डेभलपमेन्ट कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे ९० ४६४ १३.०३ ३५.६१ २००
१४. रसुवागढी हाइड्राे पावर कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे १५३ ५७९ -०.५३ -१०९२.४५ ९६.३२
१५. रिडी हाइड्राे पावर डेभलपमेन्ट कम्पनी लि. जलविद्युत् ३९९ ७७ ६५७ ४.८८ १३४.६३ १०३.८४
१६. सान्जेन जलविद्युत् कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे १३७ ५१६ -०.८६ -६००.०० ९५
१७. सिनर्जी पावर डेभलपमेन्ट लि. जलविद्युत् सूचीकृत नभएकाे ९१ ४७९ ११.३९ ४२.०५ १०८.६६
१८. युनियन हाइड्राे पावर लि. जलविद्युत् सूचीकृत नभएकाे ५२ ३६८ २.३९ १५३.९७ ९०.१
१९. युनिभर्सल पावर कम्पनी लि. जलिवद्युत् सूचीकृत नभएकाे ७३ ३६१ १.१७ ३०८.५५ १०५.६८
२०. अप्पर तामाकाेसी हाइड्राे पावर लि. जलविद्युत् सूचीकृत नभएकाे २२१ ७८४ -०.४४ -१७८१.८२ ९२.२
२१. नेशनल हाइड्राे पावर कम्पनी लि. जलविद्युत् २०७ ५३ ३२९ २.१५ १५३.०२ ७५.९७
२२. पाँचथर पावर कम्पनी लि. जलविद्युत् सूचीकृत नभएकाे १०७ ४२९ ९.४८ ४५.२५ ८८.५१
२३. एचआइडिसिएल अन्य ४२५ १२६ ४१४ ५.१६ ८०.२३ १०९.५५

स्राेत : नेपाल धिताेपत्र बाेर्ड

याे पनि पढ्नुहाेस्

निजी जलविद्युतमा कमजोर सुशासन र अपारदर्शी भित्री खेल, सुखद देखिँदैन भविष्य !

जलविद्युतमा माफियागिरी, १७ कम्पनीले आजसम्म न लाभांश दिए न बोनस सेयर

जलविद्युत् कम्पनीले बदमासी गरेपछि लगानीकर्ता धितोपत्रमा, ३ कम्पनीको कारोबार रोक्न उजुरी

जलविद्युत् सेयरमा माफियागिरी, लगानीकर्ता होशियार !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit