विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार २, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

मुस्ताङ । कोरला नाकामार्फत नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमा कुनै कैफियत नदेखिएपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका सवारीसाधन फुकुवा गरेको छ । मुस्ताङको जोमसोम र कोरला नाकामा रोकिएका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो ।

गत जेठको दोस्रो र तेस्रो सातामा कोरला नाकामार्फत बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । तीमध्ये ६४९ सवारीसाधनको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरिसकेको थियो । आयात प्रक्रियामा अनियमितता हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

उक्त सवारीसाधन साइमन इन्कले आयात गरेको जनाएको छ । घटनाको छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

छानबिन समितिले जेठ २१ गतेदेखि कास्की, पर्वत, जोमसोम र कोरला नाकामा पुगेर स्थलगत अध्ययन तथा अनुसन्धान थालेको थियो। समितिको प्रारम्भिक प्रतिवेदनमा कोरला नाकामार्फत भित्रिएका विद्युतीय सवारीसाधनमा कुनै कैफियत फेला नपरेको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोममा २६६ तथा कोरला नाकामा ३९४ गरी कुल ७७५ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा रहेका सबै सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको हो। दुई सातासम्म नियन्त्रणमा राखिएका सवारीसाधनमा कुनै कैफियत पुष्टि नभएपछि गन्तव्यतर्फ पठाउन थालिएको उनले बताए ।

जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा सवारीसाधन मात्रै बाँकी रहेका छन् ।

यस्तै, कोरला नाकामा रहेका भन्सार जाँचपास भइसकेका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाइँदै छ । भन्सार प्रक्रिया पूरा नभएका सवारीसाधनको आवश्यक प्रक्रिया सम्पन्न गरी सहज रूपमा गन्तव्यतर्फ लैजान सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३