विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । दुई सय किलोवाट क्षमताको सुर्नयागाड मंगलबारदेखि सञ्चालनमा आएको हो ।

२०७९ जेठ १४ गतेदेखि पूर्ण रूपमा बन्द भएको विद्युत्‌गृहको मर्मत संभार गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जानकारी दिएको छ । अहिले मर्मत गरेर परीक्षणका लागी दैनिक करिब एक घण्टा पाटन बजारमा विद्युत आपुर्ति गरिएको छ ।

अहिले यो विद्युत् गृहबाट १०० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । सिँचाई तथा विद्युत् उत्पादन एकै नहरबाट गर्नुपर्ने भएकाले अहिलेलाई दैनिक रुपमा करिब ४/५ घण्टा मात्र विद्युत् उत्पादन हुने जनाइएको छ ।

यो विद्युत्‌गृह सञ्चालनमा आएपछि पाटन क्षेत्रमा सहज र भरपर्दो विद्युत् आपूर्ति हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit