विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटडले भदौ १८ गतेदेखि साढे १० कराेड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्त पूँजी १० अर्ब ५९ करोड रूपैयाँ बराबरको  १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सेयरधनी सदस्यले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी ५ र अन्य  आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ । कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ । 

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँमा टुंगो लागेको कम्पनीले जानकारी दिएको छ । यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कूल लागतमध्ये ५२ अर्ब रुपैयाँ खूद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit