विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाराको परवानीपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२/६६/११ केभीको सबस्टेसनमा आगलागी हुँदा पर्साको वीरगन्जसहितका अधिकांश क्षेत्र र बाराका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार साँझ पोल ढलेर तार जुध्दा विद्युत् सर्ट भएर आगलागी भएको प्राधिकरणले जनाएको छ ।

आगलागीका कारण उक्त सबस्टेसनको ११ केभी वितरण लाइनको नियन्त्रण भवन पूरै जलेको प्राधिकरणका प्रवक्ता राजन ढकालले ऊर्जा खबरसँग बताए । ‘उक्त क्षेत्रमा प्राधिकरणले निर्माण गरेको प्रसौनी सबस्टेसन र अर्को सबस्टेसनबाट आपूर्ति दिएर त्यस क्षेत्रमा विद्युत् सुचारु गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

परवानीपुर सबस्टेसनबाट वीरगन्ज सबस्टेसनमा ६६ केभीको लाइनबाट विद्युत् जाने गरेको छ । त्यसपछि ११ केभी फिडर लाइनहरूबाट वीरगन्जसहित पर्साका अधिकांश क्षेत्रमा विद्युत् वितरण गरिँदै आएको थियो । हाल परवानीपुर सबस्टेसनबाट जाने ६६ केभीको लाइन नै अवरुद्ध भएको वीरगन्ज वितरण केन्द्रका इन्जिनियर वीरेन्द्र चौधरीले बताए ।

‘परवानीपुर सबस्टेसनमा रहेका ब्रेकरहरू पूरै जलेर ध्वस्त भएका छन्,’ उनले भने, ‘यहाँका धेरै उपकरण नयाँ ल्याएर नै जडान गर्नुपर्ने भएकोले तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन तर वैकल्पिक व्यवस्था गरी आपूर्ति सुचारु गर्न सकिन्छ कि भनेर ४ वटा टोलीले अहिले स्थलगत अध्ययन गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३