विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले जलविद्युत विकास तथा यसको अभियानमा अनवरतरूपमा लागेका व्यक्तिहरूलाई सम्मान गरेको छ । इपानको १९औं र २०औं वार्षिकोत्सवको उपलक्ष्य पारेर उनीहरूलाई सम्मान गरिएको हो ।

इपानले निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईंले आफ्नी छोरी श्रीनिका गुरागाईंको स्मृतिमा स्थापना गरेको ‘ऊर्जा ज्योति पुरस्कार’ जलविद्युत विकासका अभियान्ता स्व. हरि बैरागी दाहाललाई प्रदान गरिएको छ । संखुवासभाका पूर्व सांसदसमेत रहेका दाहाललाई ३ दशकसम्म जलविद्युत क्षेत्रलाई डोर्याएको हुँदा मरणोपरान्त यो सम्मान दिइएको इपानले जानकारी दिएको छ ।

दाहाललाई प्रदान गरिएको पुरस्कार इपानको वार्षिकोत्सवका प्रमुख अतिथि शेरबहादुर देउवाले उनकी श्रीमती लक्ष्मी दाहाललाई १ लाख रुपैयाँको पुरस्कार प्रदान गरे । गुरागाईंकी छोरीको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष खडा गरी त्यसैबाट पुरस्कार दिइएको हो । दाहालको २ वर्ष अघि हृदयघातबाट मृत्यु भएको थियो ।

यसैगरी, २०५२ सालदेखि जलविद्युत क्षेत्रमा संलग्न रहेर योगदान पुर्याउँदै आएकोमा यसका अर्का अभियन्ता कृष्णप्रसाद भण्डारी पनि सम्मानित भएका छन् । ऊर्जा विकास र वातावरण संरक्षणमा अनवरतरूपमा लागेका साना जलविद्युत विकास संघका कार्यवहाक अध्यक्षसमेत रहेका भण्डारीले विभिन्न पत्रपत्रिकामा लेख÷रचना लेख्दै ऊर्जा विकासको नीतिगत पक्षमा समेत योगदान पुर्यारहेका छन् ।

इपानका संस्थापक सदस्य पनि रहेका भण्डारीलाई देशको ऊर्जा विकासमा निरन्तर खटिएको भन्दै सम्मान गरिएको इपानले जनाएको छ । प्रधानमन्त्री देउवाले इपानका संस्थापक अध्यक्ष प्रभाकरशम्शेर राणालाई पनि सम्मानपत्र प्रदान गरे ।

उता इपानका पूर्वअध्यक्षहरू डा. सन्दिप शाह, डा. सुवर्णदास श्रेष्ठ, डा. खडगबहादुर विष्ट, शैलेन्द्र गुरागाईंलाई पनि सम्मान गरेको छ । इपानका वर्तमान कार्यसमितिले कोरोना महामारीमा देशका विभिन्न ठाउँमा सहयोग गरेको भन्दै सम्मानपत्र लिएका छन् । इपानकै कार्यक्रममा कार्यसमितिले नै सम्मान लिने कुरा भने अमिल्दो, असुहाउँदो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit