विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी तुम्लिङटार-बानेश्वर-वसन्तपुर-इनरुवा प्रसारण लाइन  खण्डको टावर नम्बर एपी ५७/२ बाट सुरु भई सोही उपमहानगरपालिकामा प्रस्तावित २२०/३३/११ केभीको धरान सबस्टेनसम्म लाइनकाे काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेकाे छ । १०० मेगावाट विद्युत प्रवाह गर्ने क्षमता भएकाे २२० केभी डबल सर्किट लाइनकाे काम आर्थिक वर्ष २०८२/८२ भित्र सम्पन्न गर्ने लक्ष्य लिएकाे हाे ।

प्राधिकरणले आयाेजना अघि बढाउन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । प्राधिकरणले ६० मिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न विभागमा आवेदन दिएको छ ।

प्रदेश नम्बर १ अन्तर्गत सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १७ मा पर्ने कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रहेको तुम्लिङटार–बानेश्वर–बसन्तपुर–इनरुवा खण्डको टावर नम्बर एपी ५७/२ बाट सुरु भई सोही सोही उपमहानगरपालिकामा प्रस्तावित २२०/३३/११ केभी को धरान सबस्टेनसम्म १०० मेगावाट क्षमताको २२० केभी प्रसारण लाइन निर्माण गर्न लागेको विभागले जनाएको छ । प्राधिकरणले धरान सबस्टेसनकाे पनि निर्माण अनुमति माग गरेकाे छ । विभागका अनुसार अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि आवेदन दिएको हो ।

विभागका अनुसार निर्माण अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरिएको छ । अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरबारे सम्बन्धित सरोकारवालसँग राय सुझाव माग गरिएको छ । सराेकारवालाले आगामी ३५ दिनभित्र आइपुग्ने गरी राय पठाउनुपर्नेछ । 

आयोजना निर्माण गर्दा कूल २.१९ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये सबस्टेसन निर्माणका लागि १.८६ हेक्टर र टावर निर्माणका लागि ०.१८ हेक्टर  तथा विद्युत मार्गको अधिकार क्षेत्रका लागि ०.१५ हेक्टर जमिन प्रयोग गरिनेछ । यो प्रसारण लाइन २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit