विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर साइड हाइड्रो इनर्जी कम्पनीले ३७.५ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका भएर बग्ने खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । 

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायसुझाव  पठाउन सरोकारवाल समक्ष आग्रह गरेको  छ ।

सरोकारवालाले  रायसुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचना खोलाको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

खोलामा बाँध बाधी खोलाको दायाँपट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजजाको २ हजार मिटर लामो हेडरेस सुरुङ र १ सय ३५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहका ३ वटा टर्वाइनमा पानी खसाली सो टर्वाइनसँग जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट २०८० साउनभित्र विद्युत उत्पादन सुरु गर्ने गरी प्रस्ताव पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना पूरा भएपछि वार्षिक २१७.५२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ केभी प्रसारण लाइन मार्फत २९ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit