images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४४ मेगावाटको बकान खोला आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना अघि बढाउन प्रवर्द्धक कम्पनी समिट इनर्जी सोलुशन प्रालिले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) रिपोर्टसमेत तयार पारिसकेको छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयले सुझाव आह्वानसमेत गरिसकेकाे छ । 

संखुवासभाकाे स्थानीय बकान खोलामा निर्माण गरिने प्रस्तावित आयोजनाको बाँध (हेड वर्क्स) क्षेत्र र विद्युत् गृह भोटखोला गाउँपालिका–२ मा रहने छ । 

दैनिक २.१ घण्टा पिकिङ इनर्जी उत्पादन हुने आयोजनाको डिजाइन डिस्चार्ज ५.१५ क्युसेक रहेको छ । १०५२ मिटर लामो हेडरेस रहने आयोजनाबाट वार्षिक औषत २५७.६७ गिगागाट आवर ऊर्जा उत्पादन हुने छ । विद्युत्‌गृहमा २ वटा उत्पादन युनिट रहने छन् ।

आयोजनाको बिजुली २२० केभी ५५ किलोमिटर लामो प्रसारण लाइनमार्फत सितलपाटी सबस्टेशनमा जोडिने छ । आयोजनामा पुग्न १५ किलोमिटर लामो पहुँच मार्ग रहने छ । 

निर्माण सुरु गरेको ५ वर्षमा पूरा हुने अपेक्षा गरिएको आयोजनाको कुल लागत ६ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै, प्रतिमेगावाट लागत १५ करोड ७८ लाख ७४ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit