images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम ८३.८९ प्रतिशत सकिएको छ । गत असार २९ गते महालेखा परिक्षकले सार्वजानिक गरेकोे ५९औं वार्षिक प्रतिवेदनमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको उल्लेख छ ।

आयोजनका लागि आवश्यक पर्ने ४८ हजार ७ सय ८४ रोपनी जग्गाको ३३ अर्ब ८८ करोड ८३ लाख ८१ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको प्रतिवेदनमा उल्लेख छ । आयोजनाको गोरखा जिल्लाको ३० हजार ७८ रोपनी र धादिङ जिल्लाको २८ हजार ७५ रोपनी समेत ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने थियो ।

यस्तै, महालेखाले बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्दा स्थानीयबासीको घर/टहरा, बोट विरुवालगायतको मुआब्जा वितरण कार्य अझै सुरु हुन नसकेको ठहर गरेको छ । मुआब्जा वितरण भई जग्गा बूढीगण्डकी आयोजनाको स्वामित्वमा आइसकेको भए पनि जग्गा धनीले नै अहिलेसम्म भोगचलन गरिरहेका महालेखाले जनाएको छ ।

परिक्षकले जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्न भनेको छ । महालेखाले बूढीगण्डकी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न अझै १६.११ प्रतिशत बाँकी रहेकोले सो कार्यलाई तीव्रता दिन भनेको हो ।

२०६९ मंसिर १८ गतेबाट सुरु भएको यो आयोजनाले ६३ वर्ग किलोमिटरको जलशाय बन्ने, जलाशाय पूर्ण जल सतह ५४० मिटर रहनेछ । २६३ मिटर अग्लो बाँध निर्माण गरिनेछ । 

यस आयोजनाले औषत वार्षिक ३ हजार ३८३ गिगावाट तथा सुख्खा मौसममा १ हजार ४०४ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । आयोजना सम्पन्न गर्न २ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यस आयोजना निर्माण सुरु भएको साढे ८ वर्षमा पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit