विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा र कृषि नङ र मासु हुन भन्ने तथ्य म माध्यमिक विद्यालयमा पढ्दा नै महसुस गरिसकेको थिएँ, जतिबेला तनहुँ खैरेनीटारमा जर्मनीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय तालिमा केन्द्र स्थापित भई त्यो हाताभित्र मकै,गहुँ र मौसमी तरकारीको खेती गरिनुका साथै भैंसी,बङ्गुरहरू पनि पालिन्थ्यो । खैरेनीटारका बासिन्दाले मटितेलको टुकी बालेर पिली-पिली उज्यालो हुन्थ्यो भने त्यो केन्द्रभित्र झलमल उज्यालो हुन्थ्यो । कारण, उनीहरू आफूले नै दुलेगौंडा पारिको खोला सुरौदीबाट जलविद्युत उत्पादन गरी करिब ४ किलाेमिटरको ट्रान्समिसन लाइनबाट केन्द्रमा विद्युत ल्याइएकाे थियो ।

२०४४ साल ताका राष्ट्रिय प्रसारण लाइन जोडिएपछि त्यो विद्युतगृहको मर्मत सम्भार गर्न छाेडियो र जिर्ण हुँदै बन्द नै भयो । अहिले यो केन्द्र श्री ३ नम्बर बाहिनी भएको छ त्यो भन्दा अगाडि पोल नै नराखी भूमिगत वायरिङ गरिएको एउटा नमूना थियो । अत्याधुनिक पक्की भवन र कृषिका लागि मेसिन, मर्सिडिज ट्रक र कारहरू थिए । केन्द्रभित्रमात्र होइन, केन्द्र बाहिर पनि स्थानिय यातायात (खैरेनीटारबाट पोखरा) पनि मर्सिडिज बेन्जका गाडी हुने गर्थे । त्यो बेला नै महसुस भएको हो, मानव संसाधनले गरेको उत्पादन र मेसिनले गरेको उत्पादनको परिणाममा फरक; ऊर्जा र यन्त्रबिना कृषि एक बाध्यता वा गुजारामुखी धन्दा रहेछ।

उखु, अलैंची, अदुवा, तोरी इत्यादि कृषि उपजलाई नगदे बाली भनेर घोकाइयो । अहिले उखु किसानहरू उधारो बेचेको रकम भुक्तानी नभएर रुँदै हारगुहार गर्नुपरेको छ । उखुबाट बहुआयामिक फाइदा लिन सकिने तथ्यहरू जिवित हुँदा-हुँदै किसानहरू मर्नु परेको छ । जिउदो लाश बन्नु परेको छ; न गरी खानु,न मरी जानुको अवस्था छ।

ब्राजिल र अमेरिकाको सबैभन्दा ठूलो निर्यात नै चिनी हो । चिनीको बढ्दो माग र उखुबाट बहुआयमिक फाइदा हुने भएकोले यो खेतीमा आकर्षण बढेको थियाे । पात र डाँठ केही पनि खेर नजाने उखुबाट चिनी भन्ने तथ्य त सर्वविदितै छ, त्यति मात्र नभई इथानोल भन्ने तत्त्व पनि निस्कन्छ- जुन पेट्रोलमा मिसाउन मिल्छ ।

ब्राजिल र अमेरिकाका धेरै पेट्रोल स्टेशन (अमेरिकामा ग्यास स्टेशन भनिन्छ) हरूमा ५% इथानोल मिश्रित ग्यास नै बिक्री वितरण गरिन्छ । उखु पेलिसकेपछि पनि त्यो बगासलाई पुन: विद्युत उत्पादनमा प्रयोग गरिन्छ । प्रायः चिनीमिलहरूले आफूलाई आवश्यक विद्युत फालिने वस्तुबाटै उत्पादन गर्न सक्छन् ।उखुबाट उखुको रस, खुदो, चिनी, भेली हामीले थाहा पाएको उत्पादन हो भने औषधीजन्य र सौन्दर्य संसाधनका थुप्रै उत्पादनहरू बन्दछन् । अब, बल्ल विश्वाश गर्न सकिने भयो, उखु नगदे बाली हो भनेर ।

इच्छाशक्ति भयाे भने हामी अन्नबालीलाई पनि नगदेबालीमा परिणत गर्न सक्छौं, नभए नगदेबाली पनि उधारोमा पनि बेच्न सकिँदैन वर्तमान अवस्थामा खाद्यान्न सामग्री आयात गरी गुजारा चलाइएको अवस्था हो । नेपालको आन्तरिक उत्पादनले पुग्दैन, अन्नबाली उत्पादनको लागि सिँचाइ मल, बिउ,जनशक्ति, यन्त्र, औजार सबै अपरिहार्य छन् र सबै खरिद गरिन्छ। खरिद लगानी बन्न पुग्छ र त्यो लगानीको तुलनामा आम्दानी आउन नसक्दा वैकल्पिक व्यवसायतर्फ आकर्षित छ कृषिपेशा कर्मीहरू, विकल्प भन्नु नै हरियो पासपोर्ट बनाउनु, म्यानपावरमा धाउनु र विदेशमा कसैको लागि सस्तोमा उपलब्ध हुनु हो ।

अब त्यो पुरानो चक्र तोडौं र नवीनतम सोचबाट अगाडि बढौं । सिँचाइको चुनौती सौर्य ऊर्जाबाट पनि समाधान गर्न सकिन्छ, बेच्न सरकारी तथा गैरसरकारी संस्थाहरूबाट प्रचुर मद्दत पाइन्छ । मलका लागि एक घर एक गाई वा भैंसीको अवधारणा भित्र्याउँ । मल पनि हुन्छ, त्यो पनि प्राङ्गरिक । बिउ, विषादीका लागि कृषि निकायलाई गुहारौं । भैंसी र गाईको गोबर संकलन गरी बायोग्यास निकलौं र यसलाई शुद्धिकरण गर्दै सिएनजी ग्यास बनाउन सकिन्छ । सिलिन्डरमा भरेर खाना बनाउन सकिन्छ, एलपिजी विस्थापित गर्न कहिले बिजुलीको चुलाे, बिजुली कमजोर हुँदा ग्यासको चुलाे प्रयाेग गर्न सकिन्छ ।

त्यति मात्र होइन, समथर भू-भागमा बस र ट्रक नै गुड्छ । यसलाई बढावा दिनका लागि हाम्रो भान्साबाट निक्लने फोहोरलाई अरूसँग नमिसाउँ; त्यो फोहोरले पनि बायोगग्यास नै निस्कन्छ । प्रत्येक गाउFपालिका वा नगरपालिकामा एउटा सिएनजी प्लान्ट र सिएनजी डिस्पेन्सर राख्न सके एलपlजीमाथिको परनिर्भरता र स्वदेशी मुद्रा बाहिरिनबाट जोगाउन सकिन्छ । अनि भन्न सकिन्छ, फोहोरबाट मोहोर बन्दछ ।

अब रद्दी वा कवाडी वस्तुहरू जुन हामी घरबाट निकालेर सस्तो मुल्यमा दिन्छौं । विश्वाश नलाग्न सक्ला, कवाडी वस्तुको बेचबिखनबाट नै व्यक्ति अर्बपति बनेको प्रशस्त उदाहरण छन् । हाम्रो मुलुकमा इज्जत जाने डरले पनि यो काम गर्न नेपाली मुलका मानिसहरू हिच्किचाउँछन् । विस्तारै-विस्तारै केही युवाहरूको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता हुँदै आएको भेटिन्छ । अंग्रेजीमा यो धन्दालाई ट्र्यास टु क्यास पनि भनिन्छ । हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ, हामीले कबाडीमा सित्तैमा या धेरथोर रकम लिएर बेचिएको सामान कारखानामा पुनः प्रशोधित गरेर बनाएको सामान हामीले नै महँगाेमा किनिरहेका छौं ।

तपाईंले प्रयोग गर्ने फलाम, प्लास्टिकहरू चक्रीय प्रणालीबाट बनेका हुन्छन् । अब नेपालमा एक वा दुई कारखाना स्थापना हुनैपर्छ । सामान किन्छौं, प्लास्टिकमा हालेर ल्याउँछौं, त्यो प्लास्टिकको हदैसम्म प्रयोग गर्ने भनेको फोहोर संकलन गरेर पोको पार्ने या फालिदिने हुन्छ । यो नकुहिने पदार्थ भएकोले अबको दिनहरूमा फाल्ने प्लास्टिक प्रशोधित पानी, पेय पदार्थ कोक फेन्टाका बोतलहरूबाट हाम्रो सडक बन्न सक्छन् । यसको प्रयोग केही युवाहरूले गरिसकेका छन् । पोखरामा प्रत्यक्ष देख्न पाइन्छ ।

एउटा प्रविधि भयो, सडक पिच गर्ने सामग्री बनाउने र हलुका प्रकारको इँटा बनाउने । अर्को प्रक्रिया पनि छ तर खर्चिलो छ । पुनः प्रयोगमा नआउने (रिसाइकल) प्लस्टिकबाट पेट्रोलियम पदार्थ (डिजल पेट्रोल) निकाल्न पनि सकिन्छ तर संकलनको लागि जनशक्ति धेरै लाग्छ । ५०० किलाेग्राम प्लास्टिकबाट ४०० लिटर हवाई इन्धन निकाल्न सकिन्छ । संकलन गर्न जनशक्ति बढी लाग्छ तर घर-घर छुट्ट्याइएको प्लास्टिकमात्र छुट्टै तरिकाले संकलन गर्ने हो भने सम्भव छ। हवाई इन्धनको खुद्रा मूल्य अहिले रु. १९० प्रतिलिटर छ । यो दरले ५०० किलो प्लास्टिकबाट ७६,००० रुपैयाँ आम्दानी हुने भयाे ।

अत्याधिक फोहोर जम्मा हुने ठाउँमा फोहोर सड्ने र नसड्ने खालको वर्गिकरण गरेर सड्नेलाई मल र नसडनेलाई इन्धनको रूपमा प्रयोग गरी विद्युत उत्पादन गर्नुका साथै ताप उत्पादन गर्दै घर-घरमा बाँड्न सकिन्छ । युरोप र अमेरिकाका उत्तरी ध्रुवमा पर्ने मुलुकहरू अति चिसा हुन्छन्, घर तताउने प्रणाली नहुँदा जीवन नै असम्भव हुन्छ । भू-गर्भबाट ताप निकलेर विद्युत निकाल्ने प्रणाली जस्तै हो- हाम्रो मुलुकमा हिमालमा उपयुक्त हुन्थ्यो तर हिमाली भेगमा पातलो बस्ती र जनसंख्या थोरै भएकोले सम्भव नहोला ।

फोहोरबाट ऊर्जा उत्पादन गर्ने थुप्रै तरिकाहरू छन्: जलाएर खरानी बनाउने, ग्यास (बायोग्यास,सिएनजी ग्यास) उत्पादन गर्ने, इन्धन (डिजल या पेट्रोल) निकाल्ने या अलकत्रा बनाउने र ल्यान्डफिलबाट ग्यास निकाल्ने जसलाई ल्याण्डफिल ग्यास (एलएफजी) पनि भनिन्छ र यसको बनावट ५०% मिथेन ५०% कार्बनडाइअक्साइड हुने गर्छ।

जसरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ व्यवस्थापन, नेपाल विद्युत प्राधिकरणले उत्पादन, वितरण व्यवस्थापन गरे जस्तै फोहोर व्यवस्थापन गर्नका लागि पनि बलियो निकाय बन्नु पर्दछ, निगम र प्राधिकरण दुवैसँग समन्वय गर्न सके कुनै पनि शहरले फोहोरको थुप्रो र दुर्गन्ध झेल्नु पर्दैन । हिजोसम्म रियुज, रिड्युस र रिसाइकल भनिन्थ्यो ३ वटा आर थियो अब यसलाई पुन: ऊर्जा र मल उत्पादन गर्न सकिने हुनाले चौथो आर रिजेनेरेट पनि थपौं, आम्दानी आउने र वातावरण पनि सफा हुने हुनाले पाँचौं आर रेस्पेक्ट पनि थपौं, सोच अनुरूप व्यवहार बदलौं । अनि दुनियाँ बदलिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit